नेपालले एमसीसी पास नगरे अन्यत्र लैजाने अमेरिकी सहायक विदेशमन्त्रीबाट प्रष्ट


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले एमसीसी पारित नगरे अन्यत्र लैजाने स्पष्ट पारेका छन् । यसअगाडि पनि अमेरिकी अधिकारीहरुले नेपालमा एमसीसी पारित नभएका उक्त सहयोग आवश्यक भएका अन्य मुलुकमा जाने बताउँदै आएका थिए ।

नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै लुले एमसीसी पास गर्ने नगर्ने नेपालले सार्वभौमरुपमा गर्ने निर्णय भएको र त्यसमा आफूहरुको कुनै दबाब नरहेको बताए। आफूहरुले एमसीसी नेपाल सरकारले अनुमोदन गरोस् भन्ने चाहेको तर पास नगरेपनि पनि आफूहलाई केही आपत्ति नरहेको बताए ।

एमसीसीका बारेमा नेपालमा गलत सूचना फैलाएइएको भन्दै उनले दुःख व्यक्त गरे। प्रजातन्त्र र खुला अर्थनीतिमा प्रगति गर्ने मुलुकले मात्र यो अनुदान पाउने समेत उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए। लूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटका क्रममा एमसीसी कम्प्याक्ट सम्झौता डिसेम्बर १४ अगाडि नै पारित गर्न स्मरण गराएका थिए । लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए ।

उनले भेटघाटमा नेपाली नेताहरुले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएको बताए। नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बताउँदै नेपालले यसबारे निर्णय लिनुपर्ने धारणा अमेरिकाले राख्दै आएको छ।

विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने अर्बाौँ रुपैयाँ बराबरको अनुदान सम्झौतालाई लिएर नेपालभित्र गहिरो मतभेद छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com