२०११ अगाडि अमेरिका आएका कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने विधेयक हाउसबाट पारित


प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार

सन् २०११ अगाडि अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई १० बर्षको वर्क परमिट प्रदान गर्ने प्रावधानसहितको सामाजिक खर्च विधेयक आज अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभामा विधेयकका पक्षमा २२० र विपक्षमा २१३ मत खसेको थियो ।

यो विधयेकमा समावेश गरिएको अध्यागमन सुधार प्याकेजलाई विगत ३५ बर्षयताकै सबैभन्दा बृहत अध्यागमन सुधार प्याकेज भनिएको छ । रोनाल्ड रेगनका पालापछि आएको बृहत सुधार प्याकेजका रुपमा यसलाई हेरिएको छ । सन् २०११ भन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने प्रारम्भिक लक्ष्यभन्दा कम सुविधासहितको वर्क परमिटको प्रावधान प्याकेजमा राखिएको छ ।

यो प्रावधानमा व्यवस्था गरिएको अध्यागमन सुविधा अनुशार कागजपत्रविहिनहरु सुरुको ५ बर्षसम्म परोल प्रकृयामार्फत वर्क परमिट लिएर अमेरिकामा देशनिकालाको डरविना बस्न पाउनेछन् । अर्को ५ बर्षको अवधि थप गर्न सकिनेछ । यो मापदण्डबाट अमेरिकामा रहेका ६५ लाख कागजपत्रविहिन आप्रवासीहरुलाई सिधा फाइदा पुग्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अमेरिकी नागरिकका आफन्तहरुलाई अस्थायी स्टाटसबाट ग्रिनकार्डको बाटोमा लैजान समेत बाटो खुल्नेछ । यो बिलमा भिसा रिक्याप्चरको प्रावधान समेत समेटिएको छ । जस अन्तरगत सन् १९९२ देखि खेर गएका भिसाहरु पुन प्रयोग गर्न मिल्नेछ भने विदेशमा रहेर ग्रिनकार्डको प्रतिक्षा गरिरहेकाहरुलाई अमेरिका आउने बाटो छिटो हुनेछ ।  लामो समयदेखि ब्याकलगमा रहेका रोजगारमा आधारित र परिवारमा आधारित ग्रिनकार्डवाहकले अतिरिक्त शुल्क तिरेर आफ्नो आवेदन अगाडि बढाउन सक्नेछन् ।

प्रतिनिधिसभाबाट पारित विधयेकमा अध्यागमनबारेको विषय अत्यन्तै कममात्र समावेश गरिएको छ । यो विधयेक अब सिनेटमा मेलमिलापको नियम अन्तरगत बजेट प्रकृयाबाट पारित गर्नका लागि पेश गरिनेछ । यसो गर्दा सिनेटमा रिपब्लिकनको सहायताविना पनि यो बिल फिलिबस्टर मतको साटो सामान्य बहुमतबाट पारित गर्न सम्भव हुनेछ ।

विगतका दुईवटा अध्यागमन प्रस्तावहरु बजेट प्रकृयाबाट पारित हुनका लागि योग्य नभएको भन्दै पार्लियामेन्टेरियनबाटै अस्वीकृत भएका थिए । ती प्रस्तावमा कागजपत्रविहिन लगायतलाई ग्रिनकार्डको बाटोमा लैजाने लगायतका प्रावधानहरु समेटिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com