‘पब्लिक चार्ज’ भिसाका अस्वीकृतिबारे नियममा कमेन्ट अवधि पुन: सुरु, के फरक छ ट्रम्पको नियम भन्दा?


प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले पब्लिक चार्जका आधारमा भिसाका लागि अयोग्य बनाउने नियमको कमेन्ट अवधि पुन सुरु गरेको छ । ६० दिने कमेन्ट अवधि  सुरु भएको छ भने  नोभेम्बर १७ मा फेडरल रजिष्टरमा यसबारे सुचना प्रकाशित गरिएको छ ।

सन् २०१९ को अगस्त १४ मा मा ट्रम्प प्रशासनको पालामा अमेरिकामा खाद्यान्न, आवास र स्वास्थ्य सुविधा लिएका वा लिने सम्भावना भएकाहरुलाई भिसा वा ग्रिनकार्डका लागि अयोग्य बनाउने यो नियम ल्याइएको थियो । त्यसपछि अक्टोबर २ मा परिमार्जन गरिएको थियो । अक्टोबर ११ मा कन्सुलर अधिकारीले भिसा जारी गर्नुभन्दा अगाडि आवेदक पब्लिक चार्जमा पर्ने नपर्ने कसरी निर्धारण गर्ने भन्ने सन्दर्भमा विदेश मन्त्रालयले नियम प्रकाशित गरेको थियो ।

यो नियममा ब्यापक परिवर्तनका लागि बाइडेन प्रशासनले कमेन्टको आव्हान गरिरहेको छ । कमेन्ट अनलाइन, इमेल र हुलाकमार्फत पनि पठाउन सकिन्छ । गत अगस्त २३ मा बाइडेन प्रशासनले पब्लिक चार्जको प्रस्तावित नियमबारे अग्रिम सुचना प्रकाशित गरेको थियो । प्रस्तावित नियम ल्याउनु अगाडि नै सार्वजनिक कमेन्टको आव्हान गर्दैै सुचना आउनु दुर्लभ हो ।

ग्रिनकार्ड आवेदनमा बाइडेन प्रशासनले ल्याउन लागेको पब्लिक चार्जको नियम कस्तो हो ?

ग्रिनकार्ड आवेदनका सन्दर्भमा बाइडेन प्रशासनले पब्लिक चार्जको नयाँ नियम ल्याउन लागेको छ । यो नियमले ट्रम्प प्रशासनले सन् २०१९ मा ल्याएको र कार्यान्वयनमा रोक लगाइएको पब्लिक चार्जको नियमलाई पूर्णरुपमा विस्थापन गर्नेछ । तर अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनले नै पब्लिक चार्जको नियम व्यवस्था गरेकाले यसलाई बाइडेन प्रशासनले नयाँ तरिकाले लागु गर्ने योजना बनाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

ट्रम्पकालिन पब्लिक चार्जको नियमले कैयन आप्रवासीहरुलाई गास, बास र स्वास्थ्यका सरकारी सुविधाहरु प्रयोग गर्नबाट वञ्चित गराएको थियो । यदि त्यस्ता सुविधा लिएको खण्डमा वा लिने सम्भावना भएमा ग्रिनकार्ड अस्वीकृत गर्ने प्रावधानका कारण आप्रवासीहरु गास, बास र स्वास्थ्यका सरकारी सुविधाहरु लिन डराएका थिए । तर बाइडेन प्रशसनले ल्याउने पब्लिक चार्जको नियमले भने यसलाई नयाँ तरिकाले परिभाषित गर्नेछ ।

ट्रम्प प्रशासनले फुड स्ट्याम्प र मेडिकेड लगायतका सुविधा लिनेहरुलाई र लिने सम्भावना भएकाहरुलाई ग्रिनकार्ड अस्वीकार गर्नसक्ने गरी पब्लिक चार्जको नियमलाई कडारुपमा परिभाषित गरेको थियो । तर बाइडेन प्रशसनले भने आप्रवासीहरु र उनीहरुका परिवारले स्वास्थ्यसेवा, खाद्य सहायता र अन्य सहयोगमा पहुच कायम गर्नसक्ने सुनिश्चित हुनेगरी नियम लागु गर्ने तयारी गरिरहेको छ ।

ट्रम्प प्रशासनले ल्याएको पब्लिक चार्जको नियम लागु नभएका कारण अहिले त्योभन्दा अगाडिकै नियम कार्यान्वयनमा रहेको छ । तर कानूनले पब्लिक चार्जको नियमको व्यवस्था गरेकाले नयाँ नियमले पब्लिक चार्जबारेको वर्तमान अभ्यासलाइै नै व्यवस्थीत बनाउने अपेक्षा गरिएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पब्लिक चार्जको नयाँ नियम पूर्णतया कानून सम्मत हुने बताएको छ । त्यस्तै गैर नागरिक र उनीहरुका परिवारका साथसाथै अधिकारीहरुलाई लागु गर्नका लागि समेत नयाँ नियम निष्पक्ष, स्पष्ट, बुझ्न सकिने खालको हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भनाई छ । जसका कारण आवेदकलाई उस्तै खालका अवस्थामा फरक फरक व्यवहार हुने कुराको अन्त्य हुने समेत अपेक्षा गरिएको छ ।

त्यस्तै बाइडेन प्रशासनले ल्याउने नियममा ग्रिनकार्ड आवेदन दिने गैरनागरिकहरुलाई अनावश्यक व्यवधान समेत खडा नगरिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्पष्ट पारेको छ । पब्लिक चार्जको नियमका कारण आप्रवासीहरु स्वास्थ्य लगायतका अन्य सेवाबाट वञ्चित हुने अवस्था नआउन समेत बाइडेन प्रशासनले काम गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com