दुई समुदायबीचको विवादले जनकपुर तनावग्रस्त: प्रशासनद्वारा निषेधाज्ञा घोषणा


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउने भनिएको घाटको विषयमा हिन्दूवादी संगठन र स्थानीय इस्लालाम धर्मालम्बबीच चलेको विवादले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा नै जारी गरेको छ ।

शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । तनावपूर्ण स्थितिलाई स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने झडपको क्रममा दुई जना प्रहरीसहित तीन जना घाइते  भएका छन् ।

तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा प्रहरीले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विज्ञप्ति मार्फत भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीय मुस्लिम समुदायले अवरोध गरेपछि विवाद सुरु भएको थियो । उक्त विवादलाई लिएर शनिबार हिन्दुवादी संगठन विरोधमा उत्रेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com