अमेरिकी दूतावास काठमाडौंबाट नियमित भिजिटर भिसा अझै अनिश्चित, विकल्प के ?


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

अमेरिकी दूतावास काठमाडौंबाट नियमित भिजिटर भिसा कहिलेदेखि जारी हुने भन्ने अझै अनिश्चित रहेको छ । पछिल्लो भिसा च्याटका क्रममा दूतावासका कन्सुलर अधिकारीले नियमित भिजिटर भिसा कहिलदेखि जारी हुने भन्नेबारे अझै निश्चित नभएको जानकारी दिएका छन् । हजारौं आवेदकहरु नियमित भिजिटर भिसा अन्तरवार्ताको प्रतिक्षामा रहेको अवस्थामा दूतावासले अझै पनि नियमित भिजिटर भिसा जारी गर्न सुरु गरेको छैन ।

अमेरिकी दूतावास काठमाडौंले पहिले नै भिजिटर भिसा लिएका र भिसाको अवधि सकिएकाहरुका लागि भने विना अन्तरवार्ता भिसा नविकरण गरिरहेको छ । सामान्यतया विगत ४ बर्षभित्र भिसाको अवधि सकिएका भिजिटर भिसा आवेदकले आगामी डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता भिसा नविकरणका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ । यो प्रावधान अनुशार अमेरिकी दूतावास काठमाडौंले उल्लेख्य संख्यामा भिजिटर भिसा नविकरण गरिरहेको छ ।

कतिपय आवेदकले अन्तरवार्ता छुटका आधारमा भिजिटर भिसा नविकरणका लागि आवेदन दिएपनि भिसा नपाएको र दूतावासका तर्फबाट अन्तरवार्ता तय गर्न भनिएको गुनासो गरेका छन् । यस्तो अवस्थामा आवेदकले तिरेको भिसा शुल्कले सन् २०२३ को सेप्टेम्बर ३० सम्म अन्तरवार्ताको अप्वाइन्टमेन्ट तय गर्नका लागि काम गर्ने दूतावासले जनाएको छ । तर भिसा एउटै श्रेणीको हुनुपर्ने र दूतावास वा कन्सुलेट पनि उही नै हुुनुपर्ने लगायतका प्रावधानहरु रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आपतकालिन अवस्थामा भिजिटर भिसामा यात्रा गर्नुपर्नेहरुलाई भने दूतावासले शीघ्र अप्वाइन्टमेन्ट उपलब्ध गराउदै आएको छ । गम्भिर विरामी नातेदारलाई भेट्न, सहायता गर्न वा परिवारलाई आपत परेको बेलामा सहयोग गर्नका लागि परिवारका नजिकका सदस्यहरुले भ्रमण गर्नुपरेको खण्डमा शीघ्र अप्वाइन्टमेन्ट लिन सकिन्छ । त्यस्तै अमेरिकी कम्पनीबाट लिखित अनुरोध पाई खास बैठकमा उपस्थीत हुनेहरुले पनि शीघ्र भिसा अप्वाइन्टमेन्टको अनुरोध गर्न सक्नेछन् । सामान्य उद्देश्य, मिश्रित बैठक र मनोरञ्जनका लागि यात्रा गर्नेहरुले भने पाउनेछैनन् ।

विवाह वा दिक्षान्त समारोहमा उपस्थीत हुन, गर्भवती नातेदारलाई सहयोग गर्न, वार्षिक व्यापार व्यवसायिक वा शैक्षिक सम्मेलनमा भाग लिन वा अन्तिम मिनेटमा पर्यटनको आनन्द उठाउनका लागि शीघ्र अप्वाइन्टमेन्ट उपलब्ध नरहेको अमेरिकी दूतावास काठमाडौंको भनाई छ । यात्राको उद्देश्य आकस्मिक व्यापार विषयमा उपस्थित हुनका लागि र यात्राको आवश्यकता बारे पहिले भविष्यवाणी गर्न नसकिने अवस्था भएको खण्डमा शीघ्र अप्वाइन्टमेन्टका लागि योजनाबद्ध भ्रमणको आकस्मिकतालाई प्रमाणित गर्ने, जसमा व्यापारको प्रकृति वर्णन गरिएको र शीघ्र अपोइन्टमेन्ट उपलब्ध नभएमा अमेरिका वा स्थानीय कम्पनीले एउटा महत्वपूर्ण अवसरको क्षति बेहोर्ने उल्लेख गरिएको अमेरिकी कम्पनीको निमन्त्रणा पत्रको आवश्यकता पर्नेछ ।

शीघ्र अप्वाइन्टमेन्टका लागि योग्य नहुने तर अहिले नै अमेरिका भ्रमण गर्न चाहने भिजिटर भिसा आवेदकले नजिककको अर्को दूतावास वा कन्सुलेटमा गएर पनि भिसा आवेदन दिन सक्नेछन् । नेपालीहरुले दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत समेत भिजिटर भिसा प्राप्त गरिहेका छन् । तर अर्को दूतावास वा कन्सुलेटमा भिसा आवेदन दिनु अगाडि पछिल्लो सेवाबारे दूतावासको वेवसाइटमार्फत वा सम्पर्क गरेर जानकारी लिन सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com