कोरोना महामारीका कारण अमेरिकी भिसा अस्वीकृत भएकालाई दोश्रो मौका दिइने


प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार

कोरोना महामारीका कारण अमेरिकी भिसा अस्वीकृत भएकालाई दोश्रो मौका दिइने भएको छ । अमेरिकाले यात्रा प्रतिबन्ध लगाएका मुलुकमा विगत १४ दिनभित्र उपस्थीत भएका कारण भिसा अस्वीकृत भएकाहरुलाई दोश्रो मौका दिइने अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

नोभेम्बर ८ देखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुलाई अमेरिका प्रवेश दिने नयाँ नीतिको कार्यान्यनसँगै अमेरिकी दूतावासहरुले विगतमा कोरोना सम्बन्धित यात्रा प्रतिबन्ध लगाइएका देशहरुमा पनि भिसा प्रकृयामा लैजान सुरु गरेका हुन् । ब्राजिल, चीन, इरान, आयरल्याण्ड, भारत, शेंगेन क्षेत्र, दक्षिण अफ्रिका र यूके लगायतका देशमा विगत १४ दिन उपस्थीत भएका कारण भिसा अस्वीकार भएकाले अब अन्तरवार्ताको नयाँ मिति पाउने भएका छन् ।

कोरोना कारण भिसा अस्वीकृत भएकाहरुले आवेदन पुनर्विचारका लागि सम्बन्धित अमेरिकी दूतावास वा कन्सुलेटमा सम्पर्क गर्नुपर्ने विदेश मन्त्रालयले जनाएको छ । त्यसपछि उनीहरुलाई अन्तरवार्ताको नयाँ मिति दिइनेछ भने उनीहरुले भिसा प्राप्त गर्नसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी सबै दूतावास र कन्सुलेटहरु अहिले नै भिसाको नयाँ अन्तरवार्ता दिने स्थीतिमा नभएको जनाइएको छ । नोभेम्बर ८ देखि लागु नियमको अर्थ स्थानीय दूतावास वा कन्सुलेटहरु तत्कालै नयाँ भिसा अन्तरवार्ता तय गर्न सक्षम हुने भन्ने नरहेको विदेश मन्त्रालयको सुचनामा उल्लेख छ ।

कसरी गैर आप्रवासी भिसाका लागि आवेदन दिने भन्ने सन्दर्भमा सम्बन्धित दूतावास वा कन्सुलेटको वेवसाइट हेर्न सुझाव दिइएको छ । सम्बन्धित दूतावास वा कन्सुलेटको वेवसाइटमा कुन सेवा संचालन भइरहेको भन्नेबारे जानकारी उपलब्ध हुने भएकाले त्यसै अनुशार भिसाको अन्तरवार्ता तय गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com