सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच झडप, ५ जना घाइते


प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहीबार

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरू र प्रहरीबीच झडप भएको छ । कानुन व्यवसायीहरूलाई प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा ५ जना कानुन व्यवसायीहरू घाइते भएका छन् ।

नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता  डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवं अधिवक्ता रक्षा वस्याल, महासचिव एवं अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएको जनाइएको छ ।

धेरै भएकाले अदालतमा धर्ना दिने क्रममा माइक समेत राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले उनीहरुलाई अदालतबाट बाहिर पठाउन खोज्दा कानुन व्यवसायीहरूले अस्वीकार गरेपछि दुई पक्षबीच धकेलाधकेल र हातपात भएको थियो ।

प्रधानन्यायाधीश जबरामाथि यतिबेला राजीनामा दिन दबाव परेको छ । मन्त्रिमण्डलमा भागबन्डा खोजेको विषयले चर्चा पाएपछि उनको आलोचना भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने आफू राजिनामा दिन तयार नरहेको बताउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच नेपाल बार एशोसिएसनले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले यस्तो ठहर गरेको हो ।

आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिष्कृत प्रधानन्यायाधीशको विरोधमा नेपाल बार एशोसिएशन र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्धामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशलाई समेत प्रधानन्यायाधीशले तोक्ने वा तोकेका इजलासमा नबस्न अपिल गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com