धर्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथ अपरिहार्य’


प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताउनुभएको छ ।

भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा यहाँस्थित भारतीय राजदूतावासले आयोजना गरेको छ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल -यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उहाँले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिनुभएको होे ।

पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिनुभएको हो ।

समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उहाँले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भन्नुभयो ।नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले -यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । पचासवटा मोटरसाइकलको उक्त -याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com