नेपालमा कोरोना सङ्क्रमण घट्दो, निको हुने दर ९७.६ प्रतिशत


प्रकाशित मिति : कार्तिक २०, २०७८ शनिबार

 

देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२८ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ८ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्ला २४ घण्टामा थप ३९६ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९४ हजार ८३४ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.६ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४३९ रहेको छ ।

देशभर थप १ हजार ९८५ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ । कम्तीमा पहिलो मात्रा लगाउनेमा ८७ लाख ३६ हजार ५३२ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउनेमा ७४ लाख ३४ हजार ७९७ जना रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com