सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

dGqL vfF0fnfO{ 1fkgkq 88]Nw’/f, !& sflQsM af9Lklx/f] If]q lg/LIf0f ug{ a’waf/ 88]Nw’/fsf] uGofkw’/f j8f g+ ! / # df cfpg’ePsf k|wfgdGqLsf] sfo{ef/ ;DxfNg’ ePsf u[xdGqL afns[i0f vfF0fnfO{ cWoIf gjnaxfb’/ dNnn] af9Lklx/f]af6 k|efljt gful/snfO{ /fxt / a:tL :yfgfGt/0fsf nflu a’emfOPsf] 1fkgkq kq k9b} . tl:a/ M s/g tfd|fsf/÷/f;;

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनुभएको छ ।

बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आउनुभएका मन्त्री खाँणले बाढीपहिराका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताउनुभएको हो ।

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिराबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गर्नुभयो । उहाँले प्रधानमन्त्री विदेशबाट फर्कीसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले प्रभावित परिवारलाई प्रक्रिया पु-याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी दिनुभयो । बाढीपहिरापीडित नागरिकका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य भएर बस्न आग्रहसमेत गर्नुभयो । मन्त्री खाँणले बाढीपहिरामा परेर मृत्यु भएकाको परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार रु ५० हजार दिने निर्णयसमेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा भएको क्षतिका बारेमा मन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो । जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढीपहिराबाट भएको क्षतिबारे मन्त्री खाँणले निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको बाढीपहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए । बाढीपहिरोबाट हजाराँै हेक्टर जमिन बगरमा परिणत हुनाका साथै झण्डै एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com