साफमा पहिलोपटक फाइनलमा पुगेको नेपालको उपाधि जित्ने सपना भारतबाट चकनाचुर


प्रकाशित मिति : आश्विन ३०, २०७८ शनिबार

साफमा फाइनल खेल्नु र पहिलो हाफमा रोक्नसक्नुलाई नेपाली टिमको उपलब्धी मानिएको छ ।

साफ च्याम्पियनशिप फुटबलमा पहिलो पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित भएपछि उपाधि जित्ने सपना चकनाचुर भएको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतले नेपाललाई ३-० ले पराजित गरेको छ ।

खेल सुरु हुनुभन्दा अगाडि नै नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अल मुताइरीलाई मैदानमा जान नपाउने नियम लगाइदा नेपाली टोलीको मनोबल खस्किएको थियो। निरन्तर वर्षाका माझ सुरु भएको खेलमा नेपालले उत्कृष्ट खेल्न सकेन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले जारी प्रतियोगितामा दुवै खेल भारतसँग मात्रै हारेको हो। भारतले दुई मिनेटको बीचमा दुई गोल गरेको थियो । भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेको दोस्रो मिनेटपछि नै सुरेश सिंह वाङजामले गोल थपेपछि खेल नेपालको नियन्त्रणभन्दा बाहिर गएको थियो। त्यसपछि आक्रमणमा जोड दिइरहेकोको नेपालको लागि इन्जुरी समयमा साहल अब्दुल समादले गोल गरेका थिए।

नेपालले भारतलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सक्नु नै नेपालको सफलता बन्यो । दुई पहेँलो कार्ड खाएकोले अञ्जन विष्टको फाइनलमा अनुपस्थिती पनि नेपाली टोलीका लागि ठूलो घाटा हुन पुगेको थियो। नेपालका प्रशिक्षक अल मुताइरीलाई आयोजकले दुई पहेँलो कार्ड पाएको भन्दै फाइनल खेल खेलाउनबाट वञ्चित गरिएको थियो ।

जबकि खेलाडीहरूबाहेक प्रशिक्षकको हकमा त्यस्तो नियम थिएन। प्रशिक्षकहरूले यो विषयमा विरोध गर्नुका साथै अन्तर्राष्ट्रिय न्यायालय कोर्ट अफ आर्विट्रेसनमा मुद्दा हाल्ने जनाएका छन्।

प्रतियोगिताको फाइनल खेल्नु नै नेपाली फुटबलको लागि ऐतिहासिक उपलब्धि रहेको छ । यसअघि पाँच पटक सेमीफाइनलमा पुगे पनि नेपाल कहिल्यै पनि शीर्ष दुई स्थानमा उक्लिन सकेको थिएन।

सबै फोटो: एन्फा

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com