बजेट प्रकृयाबाट कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बाटो बन्द


प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार

डेमोक्र्याट्सहरुले टीपीएस र डाका लगायतले समेटका लाखौं कागजपत्रविहिनलाई बजेट बिलमार्फत ग्रिनकार्डको बाटोमा लैजान नसक्ने भएका छन् । सिनेटको पार्लियामेन्टेरियनले यस्तो निर्णयपछि अब रिपब्लिकनको समर्थन आवश्यक नपर्ने साढे ३ ट्रिलियन डलरको बजेट बिलमा कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने विषय समावेश नहुने भएको छ ।

सिनेटमा निष्पक्ष व्याख्याताका रुपमा चिनिने पार्लियामेन्टेरियन एलिजाबेथ म्याक्डोनोले कागजपत्रविहिनलाई बजेट बिलमार्फत नै ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने डेमोक्र्याट्सको योजनाबिरुद्ध निर्देशन दिएकी हुन् । योसँग अब बजेट बिलमार्फत कागजपत्रविहिनलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने बाटो बन्द भएको छ ।

बजेट प्रकृयाबाट अगाडि बढाइने खर्च विधेयकमा कागजपत्रविहिनको योजना राख्दा बजेट बिलको नियम पालना नहुने एलिजाबेथ म्याक्डोनोको भनाई छ । यसैमहिनाको सुरुतिर डेमोक्र्याट्सहरुले चारश्रेणीमा पर्ने कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने योजना बजेट बिलमा समेट्न अनुमतिका लागि आग्रह गरेका थिए । जसमा डाकाले समेटेका, टीपीएसवाहक, कागजपत्रविहिन कृषि कामदार र कागजपत्रविहिन अत्यावश्यक कामदार गरी झण्डै ८० लाख रहेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

रिपब्लिकनको समर्थनबिना नै बजेट प्रकृयाबाट खर्च विधेयक पारित गर्न लागिएकाले त्यसमा के समावेश गर्न मिल्ने के नमिल्ने भन्ने सन्दर्भमा कडा प्रावधानहरु रहेका छन् । किनभने बजेट प्रकृयाबाट बिल पारित गर्दा सामान्य बहुमत भए पुग्छ, फिलिबस्टर प्रकृयाबाट जानु पर्दैन ।

पचास पचासमा विभाजित सिनेटमा टाइब्रेक मत उपराष्ट्रपति कमला ह्यारिसले हाल्न पाउने भएकाले सबै डेमोक्र्याट्सको समर्थन भएमा बजेट प्रकृयाबाट सामान्य बहुमतबाट बिल पारित गर्न सकिन्छ । अन्यथा फिलिबस्टर प्रकृयाबाट अगाडि बढ्दा ६० मतको आवश्यकता हुन्छ, जसका लागि १० जना रिपब्लिकन सिनेटरहरुबाट समर्थन प्राप्त गर्न आवश्यक हुन्छ ।

बजेट प्रकृयाबाट टीपीएसले समेटेका लगायतका कागजपत्रविहिनहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल पारित भएको भए अमेरिकामा रहेका १० हजारभन्दा बढी नेपालीहरु ग्रिनकार्डका लागि योग्य हुनसक्ने सम्भावना रहेको थियो । उनीहरुका परिवारका सदस्यहरुलाई समेत जोड्दा यो संख्या तीनगुणासम्म बढी हुनसक्ने अनुमान छ । अमेरिकामा टीपीएसले समेटेका नेपालीहरु ९ हजारभन्दा धेरै रहेका छन् ।

अबको बाटो के ?

अब टीपीएस र डाकाले समेटेका लगायतलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजान डेमोक्र्याट्सहरुले दुबै सदनबाट नियमित अध्यागमन विधेयक अगाडि बढाउनुपर्छ । हाउसमा डेमोक्र्याट्सको बहुमत रहेपनि सिनेटमा फिलिबस्टर ६० भोट आवश्यक पर्ने भएकाले रिपब्लिकनको समर्थन विना यो विधेयक अगाडि बढ्न सम्भव छैन ।

तर रिपब्लिकनहरु भने डेमोक्र्याट्सको अध्यागमनबारेको यो योजना अगाडि बढाउने पक्षमा रहेका छैनन् । सिनेटमा कम्तीमा १० जना रिपब्लिकन सांसदको समर्थन प्राप्त गर्न सकेमा बिल अगाडि बढ्नसक्छ । तर १० जना रिपब्लिकनको समर्थन जुटाउन सहज भने छैन ।

आगामी चुनावबाट सिनेटमा डेमोक्र्याट्सहरुले कम्तीमा ६० सिट पुर्याउन सकेको खण्डमा पनि अध्यागमनबारेको बिल पारित हुनसक्छ । तर सन् २०२२ को चुनावमा डेमोक्र्याट्सहरुले थप १० सिट जोड्न सहज भने छैन ।

गत मार्चमा अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट डाका र टीपीएसबाहकलाई नागरिकताको बाटोमा लैजाने अध्यागमन बिल पारित भएको थियो । ११ मिलियनलाई कागजपत्र दिने खाकासहित राष्ट्रपति जो बाइडेनले अगाडि सारेको अमेरिकी नागरिकता ऐन २०२१ बिलभन्दा फरक यो बिलका पक्षमा ९ जना रिपब्लिकन सांसदहरुले समेत मतदान गरेका थिए ।

दुबै सदनबाट यो बिल पारित भएमा  बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिन र टीपीएसबाहकलाई नागरिकताको बाटो खुल्नेछ । यद्यपी सिनेटबाट बिल पारित गर्न भने सहज छैन । अमेरिकन ड्रिम एण्ड प्रमिस एक्टमा टीपीएस र बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाकाले समेटेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने उल्लेख थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com