ट्याक्स फाइल तयार गर्दा हस्ताक्षर नगर्ने ‘भूत तयारकर्ता’ बाट सावधान रहन आईआरएसको चेतावनी


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

के तपाईको तर्फबाट ट्याक्स रिटर्न फाइल गर्दा ट्याक्स फाइल गरिदिने व्यक्ति वा सीपीएले तपाईको ट्याक्स रिटर्न फाइल गर्ने फर्ममा हस्ताक्षर गरेका छैनन् ? यस्ता व्यक्तिलाई आईआरएसले भूतको संज्ञा दिदै सावधान रहन करदाताहरुलाई चेतावनी दिएको छ ।

आईआरएसले भनेको छ -‘भूत करफाइल तयारकर्ताले तपाईको ट्याक्स रिटर्न विद्युतीय रुपमा फाइल गर्नका लागि तयार गर्छ । तर रकम लिएको करफाइल गरिदिने व्यक्तिका रुपमा डिजिटल रुपमा हस्ताक्षर गर्न अस्वीकार गर्छ । यो ठगी हो, जसले इमान्दार व्यक्तिलाई नोक्सान पुग्छ ।’

कर फाइल गरिदिने त्यस्ता व्यक्तिले आईआरएसबाट आफ्नो परिचय लुकाउनका लागि ट्याक्स फाइल गर्दा तयारकर्ताका रुपमा आफ्नो विवरण पेश गर्दैनन् । धेरै रकम दिलाइदिने प्रतिबद्धता जनाएका उनीहरुले ठगी र जालसाजी समेत गर्नसक्ने भएकाले ट्याक्स पेशाकर्मी छनौट गर्दा बुद्धिमानी तरिकाले छनौट गर्न आईआरएसले सुझाव दिएको छ ।

रकम लिएर कर फाइल गरिदिने व्यक्तिले यो पृष्ठमा विवरण उल्लेख गरेर हस्ताक्षर गरेको हुनुपर्छ ।

भूतजस्तै उनीहरु अदृश्य हुन चाहने भएकाले उनीहरुले कागजीरुपमा फाइल गर्दा वा विद्युतीय रुपमा फाइल गर्दा आफ्नो विवरणहरु पेश नगर्ने आईआरसको भनाई छ । कानून अनुशार ट्याक्स फाइल तयार गर्ने वा फाइल गरिदिने व्यक्तिको तयारकर्ताका रुपमा ट्याक्स आईडी नम्बर हुनुपर्छ । र त्यो ट्याक्स फर्ममा उल्लेख गर्नुपर्छ । उनीहरुले आफ्नो पीटीआर्ईएन नम्बर उल्लेख गरेर फर्ममा हस्ताक्षर गर्नुपर्छ ।

त्यस्ता करदाताले कर फाइल गरिदिएबापतको रकम नगदमा माग्ने, रिसिप्ट दिन अस्वीकार गर्ने, रिफण्ड बढी बनाउन नक्कली कर कटौती गर्ने, करदाताको एकाउन्टमा नभई आफ्नै एकाउन्टमा रिफण्ड डिपोजिट गराउने लगायतका गतिविधि गर्न सक्छन् ।

तपाईको कर फाइल तयार गरिदिने व्यक्ति पेशागत वा लाइसेन्सप्राप्त हो वा होइन भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला । देशमा युएसए छनौट गरेर उक्त व्यक्तिको थरमात्र हाल्नुभएको खण्डमा तपाईले उक्त व्यक्तिको विवरण प्राप्त गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com