अब अमेरिकामा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न सहज बनाउने नियम


प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार

आजदेखि अमेरिकामा युएससीआईएसले विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न सहज बनाउने नियमको घोषणा गरेको छ । यो नियम अनुशार गैरआप्रवासी भिसामा अमेरिका आएर विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेहरुलाई अब विद्यार्थी भिसामा परिवर्तनका लागि आवेदन दिएपछि उक्त आवेदनबारे निर्णय नहुन्जेल स्टाटस जोगाउन पहिलेको आप्रवासी भिसा थपका लागि आवेदन दिनु नपर्ने भएको छ ।

विगतको नियम अनुशार यदि कोही भिजिटर लगायतका गैर आप्रवासी भिसामा आएको व्यक्तिले विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्नु परेमा स्टाटस परिवर्तनको लागि आवेदन दिइसकेपछि पनि गैरकानूनी उपस्थीति हुन नदिन आफ्नो सुरुको भिसा थपका लागि आवेदन दिनुपर्ने अवस्था श्रृजना हुँदै आएको थियो । आई २० मा विद्यार्थीका रुपमा कार्यक्रम सुरु हुनुभन्दा ३० दिन अगाडिसम्म पूरानै गैरआप्रवासी स्टाटस कायम राख्नुपर्ने बाध्यता रहेको थियो ।

विगतमा युएससीआईएसले आई २० मा उल्लेख गरिए अनुशार पढाई सुरु हुनुभन्दा ३० दिनभित्रमात्र आवेदन स्वीकृत गर्दै आएको थियो । त्यसकारण त्यो भन्दा अगाडिको अवधिमा स्टाटस कायम राख्नका लागि आवेदकले आफ्नो पहिलेको भिसा थपको आवेदन दिनुपर्ने अवस्था रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अब कुनै गैरआप्रवासी भिसामा अमेरिका आइसकेपछि विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्ने क्रममा आवेदन दिइसकेपछिको ग्यापमा स्टाटस कायम राख्नुपर्ने झन्झट नहुने भएको छ । नयाँ नीति अनुशार युएससीआइएएसले पढाई सुरु हुन ३० दिनबाँकी रहँदाको अवधिदेखि नभई स्टाटस परिवर्तनको आवेदन स्वीकृत गरेको दिनदेखि नै विद्यार्थी भिसाको स्टाटस कायम रहनेगरी आवेदन स्वीकृत गर्ने भएको छ ।

त्यस्तै आवेदकले स्टाटस परिवर्तनको आवेदन पेन्डिङ रहेको अवस्थामा अब पूरानो भिसाको अवधि बढाउनका लागि कुनै पनि आवेदन दिनुपर्नेछैन । तर सामान्यतया स्टाटस परिवर्तनको आवेदन दिने बेलामा पूरानो गैरआप्रवासी भिसाको अवधि भने सकिएको हुनुहुँदैन ।

यदि पढाई सुरु हुनुभन्दा ३० दिन अगाडि नै युएससीआईएसले स्टाटस परिवर्तनको आवेदन स्वीकृत गरेको खण्डमा आवेदकले पढाई सुरु नहुँदासम्मको बीचको अवधिमा समेत विद्यार्थी भिसाको उल्लंघन गर्न पाउनेछैनन् । उक्त अवधिमा कुनै स्थानमा काम सुरु गर्ने, अन क्याम्पस काम सुरु गर्ने लगायतका गतिविधि गरेमा विद्यार्थी भिसा उल्लंघन गरेको ठहर हुनेछ ।

युएससीआईएसले लागु गरेको नयाँ नीतिले युएससीआईएस र आवेदक दुबैको खर्च बचत हुने भएको छ । साथै युएससीआइएसमा पनि कामको भार कम हुने अपेक्षा गरिएको छ । यो परिवर्तन अनुशार युएससीआर्ईएसले स्टाटस परिवर्तनको फर्म आई ५३९ भर्ने तरिकामा समेत पुनरावलोकन गर्दैछ ।

आज जारी नयाँ नीति निर्देशिका विस्तारमा पढ्नुहोला ।

एफ वा एम भिसामा स्टाटस परिवर्तनबारे थप अपडेट यहाँ पनि पढ्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com