अगस्त ९ पछि भ्याक्सिन लगाएका अमेरिकी नागरिक र ग्रिनकार्डवाहक क्यानडा जान पाउने


प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार

झण्डै १६ महिनापछि आगामी अगस्त ९ बाट क्यानडाको अमेरिकासँगको स्थल सिमानाका खुल्ने भएको छ । हाल अमेरिकामा बस्दै आएका भ्याक्सिन लगाएका अमेरिकी नागरिकहरु र ग्रिनकार्डवाहकहरु क्यानडा जान पाउने भएका छन् ।

गतबर्षको मार्चदेखि अत्यावश्यकबाहेकका अन्य यात्रुहरुलाई क्यानडा प्रवेशमा रोक लगाइदै आएको थियो । कोरोनाको महामारी फैलिनबाट नियन्त्रणका लागि भन्दै यस्तो कदम चालिएको थियो ।

अन्तर्राष्ट्रिय यात्रुहरुलाई पनि आगामी सेप्टेम्बर ७ बाट क्यानडा प्रवेश दिनसकिने क्यानडाको सरकारले सोमबार जारी गरेको वक्तब्यमा जनाइएको छ । पूर्णरुपमा भ्याक्सिन नलगाएका विदेशीहरुलाई क्यानडा प्रवेशमा रोक भने जारी रहने भएको छ ।

अमेरिकी पासपोर्ट

पूर्णरुपमा भ्याक्सिन लगाएका अमेरिकन नागरिक वा ग्रिनकार्डवाहकले क्यानडा प्रवेशको कम्तीमा १४ दिन अगाडि क्यानडाको सरकारबाट स्वीकृत भ्याक्सिनको पूरै डोज लगाएको हुनुपर्नेछ । वा सरकारले स्वीकृत गरेको मिश्रण डोज लगाएको हुनुपर्नेछ । जोन्सन एण्ड जोन्सन बाहेक कोरोनाबिरुद्धका अरु भ्याक्सिन दुईडोज लगाउन आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म क्यानडाले मोडेर्ना, फाइजर, आष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन भ्याक्सिनलाई प्रयोगको स्वीकृति दिएको छ । चीन वा रसियामा बनेका अन्य भ्याक्सिनलाई क्यानडामा मान्यता दिइएको छैन । यात्रुहरुले क्यानडा प्रवेश गर्दा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

भ्याक्सिन लगाएका बाबुआमा वा अभिभावकसँग प्रवेश गर्ने १२ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई १४ दिन क्वारेन्टीनमा बस्न अनिवार्य छैन । भ्याक्सिन लगाएका यात्रुहरुलाई क्यानडा पुगेपछि परीक्षण गराउन आवश्यक छैन । तर विमानस्थलमा कोभिड १९ मोलिक्युलर टेस्टका लागि र्याण्डम तरिकाले छनौट गरिएको खण्डमा भने परीक्षण गराउनुपर्छ ।

त्यस्तै क्यानडा आउने सबै यात्रुले भ्याक्सिन लगाएको भएतापनि प्रवेशको अनुरोधभन्दा ७२ घण्टा भित्रको नेगेटिभ कोरोना परीक्षण पेश गर्न आवश्यक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com