अमेरिकी विदेश मन्त्रालयबाट अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेको विवरण अदालतमा पेश


प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार

अमेरिकी विदेशमन्त्रालयले अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेहरुको संख्या अदालतमा पेश गरेको छ । जुलाई १३ मा अदालतले अहिलेसम्म आर्थिक बर्ष २०२१ को डाइभर्सिटी भिसा पाएका र भिसाको अन्तरवार्ता तय भएकाहरुको संख्या बुझाउन अमेरिकी विदेश मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसको जवाफ अमेरिकी विदेशमन्त्रालयले जुलाई १६ मा दिएको छ ।

अदालतमा पेश गरिएको कागजात अनुशार जुलाई ८ सम्म आर्थिक बर्ष २०२१ का ४ हजार ३ सय ५ जनाको आवेदनहरुबारे निर्णय गरिएको जनाइएको छ । जसमध्ये ३ हजार ५ सय ६ जनाले भिसा प्राप्त भएको अदालतमा ब्यूरो अफ कन्सुलर अफेयर्सको अफिस अफ डोमेस्टिक अपरेशन भिसा अफिसका अधिकारीका तर्फबाट पेश गरिएको विवरणमा जनाइएको छ ।

जुलाई १५ सम्म ६ हजार १८ भिसा अन्तरवार्ता तय गरिएको जनाइएको छ । उनीहरुको अन्तरवार्ता आगामी दिनमा हुने अपेक्षा गरिएको छ । यी भिसा अन्तरवार्तामा कुल ११ हजार ६ सय ५७ जनाको प्रतिनिधित्व हुनेछ । अर्थात् डिभी विजेताका दम्पत्ति र छोराछोरीहरुसमेत यसमा सहभागी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले यसअगाडि मे महिनासम्म भिसा पाउनेहरुको विवरणमात्र सार्वजनिक गरेको थियो ।

मे मा विश्वभरका कैयन अमेरिकी दूतावासले सिमित संख्यामा सन् २०२१ का डिभी लोटरी विजेताहरुलाई पनि भिसा जारी गरेका थिए । तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने डिभी विजेता कसैलाई पनि भिसा जारी गरेन ।

मे महिनामा विश्वका विभिन्न देशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटबाट झण्डै १ हजार डिभी विजेतालाई भिसा जारी गरिएको थियो ।  अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक खसोखासले विश्लेषण गर्दा मे महिनामा विश्वभरबाट ९६२ जना डिभी विजेताहरुले भिसा पाएका थिए ।

अमेरिकी दूतावास काठमाडौंले मे महिनामा ५५४ जनालाई आप्रवासी र गैरआप्रवासी भिसाहरु जारी गरेको थियो । तर त्यसमा एकजना पनि डिभी विजेताहरु छैनन् । सन् २०२१ का डिभी विजेताहरुले सेप्टेम्बरको अन्तिमसम्म भिसा पाइसक्नुपर्ने हुन्छ । वर्तमान कानून अनुशार उनीहरुले अक्टोबर सुरु भएपछि भिसा पाउन सक्नेछैनन् । त्यसका लागि अब झण्डै साढे २ महिनामात्र बाँकी रहेको छ ।

मे महिनामा विश्वभरबा अमेरिकी दूतावास र कन्सुलेटमध्ये अबुधाबीबाट ४५ जना, अल्जियर्सबाट ४५ जना, अल्मेटीबाट ९६ जना, विश्केकबाट ४० जना, कायरोबाट ३३ जना, कासाब्लान्काबाट ४७ जना, दोहाबाट २० जना, जर्जटाउनबाट २३ जना, कुवेतबाट १५ जना, मुम्बईबाट १० जना, नैरोबीबाट २५ जना, प्रिस्टिनाबाट २९ जना, सिड्नीबाट ४१ जना, तिब्लिसीबाट ३५ जना, टोकियोबाट १८ जना, वार्साबाट ४२ जना, यावन्डेबाट ७४ जना डिभी विजेतालाई भिसा जारी गरिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com