आज डिभीबारेका मुद्दाको संयुक्त सुनुवाई हुँदै, ३० हजारको अमेरिकी सपनाबारे निर्णयको अपेक्षा


प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार

आज अमेरिकाका डिभी लोटरीबारेका झण्डै ८ वटा मुद्दाको संयुक्त सुनुवाई गरिने भएको छ । दिउसो १ बजे वासिंटन डिसीको अदालतमा हुने सुनुवाईमा सन् २०२० र सन् २०२१ का झण्डै ३० हजार डिभी विजेताहरुले बाइडेन प्रशासनको सामना गर्नेछन् ।

वासिंटन डिसीको युएस डिस्ट्रिक्ट कोर्टमा न्यायाधिस अमित मेहता समक्ष हुने उक्त सुनुवाईमा गुडलक भर्सेज बाइडेन लगायतका कम्तीमा ८ वटा मुद्दाहरुको संयुक्त सुनुवाई हुनेछ । न्यायाधिस मेहताले सन् २०२१ का कतिजना डिभी विजेताहरुले भिसा पाए र कतिजनाको भिसा अन्तरवार्ता तय भएको छ भन्ने सन्दर्भमा अमेरिकी विदेशमन्त्रालयसँग विवरण अनुरोध गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयले हिजो फाइल गरेको विवरण अनुशार सन् २०२१ का ३५०६ जना डिभी विजेताहरुकोमात्र भिसा जारी गरिएको छ । अमेरिकी विदेशमन्त्रालयले थप ६ हजार १८ जनाको भिसा अन्तरवार्ताको मिति तय गरेको छ । तर अब आर्थिक बर्ष २०२१ का डिभी विजेताले भिसा पाउनुपर्ने अवधि झण्डै साढे २ महिनामात्र बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी संसदले ५५ हजार डाइभर्सिटी भिसाको कोटा तोकेको छ । तर अमेरिकी सरकारको विदेश मन्त्रालयले आर्थिक बर्ष २०२१ मा संसदले तय गरे अनुरुप भिसा जारी नहुने सम्भावना रहेको बताउँदै आएको छ । अमेरिकाले डिभी विजेताहरुलाई सबैभन्दा कम प्राथमिकतामा राखेकोमा मुद्दाका वादीहरुले अन्य भिसा श्रेणीजस्तै डिभीलाई पनि प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

आजको अदालती सुनुवाई र मुद्दाको अवस्थाबारे जानकारी दिने क्रम झण्डै ४ घण्टासम्म चल्ने अपेक्षा गरिएको छ । आजको सुनुवाईले सन् २०२० र सन् २०२१ का झण्डै ३० हजार डिभी विजेताको अमेरिकी सपनाबारेको रुपरेखा कोर्नसक्ने अपेक्षा गरिएको छ ।

भिडियो न्युयोर्क समय अनुशार दिउसो १ बजेपछि उपलब्ध हुनेछ । अदालतको सुनुवाईको लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला

चालु आर्थिक बर्ष २०२१ का लागि पनि ३८०१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर कोरोना महामारी र विगतको ट्रम्पको आप्रवासन रोकका कारण अधिकांशले भिसा पाउन सकेका छैनन् । गतमहिना केही नेपाली डिभी विजेताहरुले भने भिसा पाउन सफल भएका छन् ।

गतबर्ष कोरोनाको महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन रोक लगाउँदै डिभी विजेताहरुको भिसामा समेत प्रतिबन्ध लगाएका थिए । तर अदालतले डिभी विजेताहरुलाई भिसा जारी गर्न सरकारलाई आदेश दिएपछि गतबर्षको सेप्टेम्बरमा डिभी विजेताहरुले भिसा प्राप्त गर्न सफल भएका थिए ।

उनीहरुले भिसा पाएपनि अध्यागमन रोकका कारण फेब्रअरी अन्तिमसम्म अमेरिका आउन भने पाएका थिएनन् । फेबु्रअरीमा अदालतले ट्रम्पको आप्रवासन रोक खारेज गरिदिएपछि उनीहरु अमेरिका आउन पाएका थिए ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । प्राथमिक डिभी विजेताहरु र उनीहरुका परिवारका सदस्यहरुसहित गतबर्ष २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भएका थिए ।

तर आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुको परीदृश्य सन् २०२० का डिभी विजेताहरुको तुलनामा अझ खराब भएको छ । प्रत्यक्ष रुपमा कुनै आप्रवासन रोक नभएपनि अमेरिकी सरकारको विदेश मन्त्रालयले दूतावासहरुलाई डाईभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकतामा राख्न निर्देशन दिएपछि लोटरी विजेताहरुले भिसा पाउन सकेका छैनन् । अहिलेकै अवस्था कायम रहेमा सन् २०२१ का डिभी विजेताहरुले २०२० का विजेताले जति पनि भिसा नपाउने देखिएको छ ।

पासपोर्ट अनिवार्य गर्दा पनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए ।

उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले सन् २०१९ को अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com