अगस्तमा पनि अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीको आवेदनमा नागरिक सरह प्राथमिकता


प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार

युएससीआईएसबाट अगस्तमा ग्रिनकार्ड फाइल गर्न मिल्ने आवेदकहरुको प्राथमिक मिति सार्वजनिक गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनमा उल्लेखित ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा मुनीका छोराछोरीको फाइनल एक्सन डेटमा भिसा करेन्ट गरिएकोमा युएससीआईएसले त्यसैलाई नै फाइल गर्न मिल्ने मितिका रुपमा स्वीकार गरेको छ ।

जसकारण अगस्तमा पनि अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीको ग्रिनकार्ड आवेदनमा अमेरिकी नागरिकका दम्पत्ति र छोराछोरीकै सरह प्राथमिकता दिइने भएको छ ।

यसको अर्थ के हो ?

अमेरिकामा रहेका ग्रिनकार्डबाहकका दम्पत्ति र २१ बर्ष मुनीका छोराछोरीहरुले अमेरिकी नागरिकका दम्पत्ति र छोराछोरी सरह पारिवारिक आधारमा ग्रिनकार्ड प्राप्त गर्नका लागि फाइल गरिने आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सक्नेछन् । आई ४८५ फाइल गरेपछि उक्त आवेदन पेन्डिङ रहेको अवधिसम्म उनीहरुले वर्क परमिट प्राप्त गर्नसक्नेछन् ।

ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले विवाह गर्ने ग्रिनकार्डवाहकले पनि आफ्ना दम्पत्तिका लागि तत्कालै आई १३० आवेदनका साथमा ग्रिनकार्ड फाइल गर्नसक्छन् । उदाहरणका लागि ग्रिनकार्डवाहकले विद्यार्थी भिसामा रहेको कुनै आप्रवासीलाई विवाह गरेको खण्डमा उसलाई आफ्नो पूरानो स्टाटस जोगाइराख्ने आवश्यकता हुँदैन । खासगरी निकट भविश्यमा गैर कानूनी उपस्थीति हुने सम्भावना भएकाहरुलाई पनि आई १३० आवेदनका साथ आई ४८५ आवेदन फाइल गर्नसकिने अवस्थाका कारण कुनै समस्या हुनबाट जोगाउँछ ।

विगतमा के थियो ?

सन् २०१९ को जुलाईपछाडि जारी भिसा बुलेटिनमा ग्रिनकार्डबाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि फाइनल एक्सन डेटमा भिसा करेन्ट गरिदै आएको छ । सोही अनुशार विगत २ बर्षदेखि युएससीआईएसले पनि ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्नेगरी भिसा करेन्ट गराउँदै आएको छ ।

तर सन् २०१९ को जुलाई अगाडि भने कुनै ग्रिनकार्डवाहकले अमेरिकामा रहेका आफ्ना दम्पत्ति वा २१ बर्ष मुनीका छोराछोरीहरुका लागि ग्रिनकार्ड आवेदन फाइल गर्दा पहिले आई १३० आवेदनमात्र फाइल गर्नुपथ्र्यो । त्यसपछि कैयन महिना कुरेर उक्त आवेदनको प्राथमिकता मिति करेन्ट भएपछिमात्र ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्थे ।

यसो गर्दा आई १३० फाइल गरेको मितिदेखि आई ४८५ फाइल नगर्दासम्म कतिपय ग्रिनकार्डवाहकलाई आफ्नो स्टाटस जोगाउन मुस्किल हुने गरेको थियो । यदि स्टाटस नजोगाएको खण्डमा उनीहरुको ग्रिनकार्ड अस्वीकार हुनसक्ने अवस्था रहेको थियो । खासगरी अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्डको प्रतिक्षामा रहेकाहरुलाई भिसा करेन्ट नहुँदा अप्ठ्यारो पारेको थियो ।

तर सन् २०१९ को जुलाईपछि भने अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गर्नेले आई १३० आवेदनका साथमा तत्काल ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्छन् । जसले गर्दा उनीहरुले अमेरिकामा काम गर्न वर्क परमिट र अमेरिकाबाहिर यात्रा गर्न एड्भान्स परोलका लागि योग्य हुनसक्छन् । साथमा पूरानो अध्यागमन स्टाटस जोगाइराख्ने झन्झट पनि हुँदैन ।

अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्नका लागि विगतमा गैरकानूनी उपस्थीति भएको हुनुहुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com