बाल्यकालमा अमेरिका आएकालाई संरक्षण दिने कार्यक्रम गैरकानुनी भएको अदालतको निर्णय, नयाँ आवेदन खारेज


प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार

टेक्सासका संघीय न्यायाधिस बाल्यकालमा अमेरिका आएकालाई संरक्षण दिने डाका कार्यक्रम गैरकानुनी भएको निर्णय सार्वजनिक गर्दै डाकाका नयाँ आवेदनहरु लिनमा रोक लगाएका छन् । तर पहिले डाका कार्यक्रम अन्तरगत संरक्षण प्राप्त गरिरहेकाहरु भने अदालतको आगामी निर्णयहरु नआउँदासम्म यो निर्णयबाट प्रभावित नहुने जनाइएको छ ।

न्यायाधिस एन्ड्रयु हनेनले डाका कार्यक्रम अन्त्यका लागि कैयन रिपब्लिकन राज्यहरुले दायर गरेको मुद्दाको पक्ष लिदै उक्त निर्णय सार्वजनिक गरेका हुन् । सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएको यो कार्यक्रम गैर कानूनी रहेको न्यायाधिसको निर्णयमा उल्लेख छ ।

यो कार्यक्रमले प्रशासनिक प्रकृया ऐनको उल्लंघन गरेको अदालतको ठहर छ । अहिले यो कार्यक्रमले झण्डै साढे ६ लाखलाई संरक्षण प्रदान गरिरहेको छ । अदालतको आदेशले डाका कार्यक्रम अन्तरगत संरक्षण चाहनेहरुका नयाँ आवेदनमात्र होइन, नविकरणका आवेदनहरु समेत प्रभावित हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो आदेश अनुशार सरकारले डाकाको संरक्षणमा रहेकाहरुबिरुद्ध कुनै अध्यागमन, देशनिकाला वा अपराधको कदम चाल्नभने बाध्य नबनाउने न्यायाधिसले स्पष्ट पारेका छन् । सरकारले आवेदनहरु लिने काम जारी राख्नसक्ने तर आवेदन स्वीकार गर्न भने नसक्ने अदालतको आदेशमा उल्लेख छ ।

अमेरिकामा यो कार्यक्रम अन्तरगत झण्डै ६० जना नेपालीहरुले संरक्षण प्राप्त गरिरहेका छन् । उनीहरु तत्काल देशनिकालामा पर्ने कुनै खतरा भने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com