नेपालीको टीपीएस थप्न र पुन टीपीएस प्रदान गर्न अमेरिकासँग माग गर्दै १८ हजार हस्ताक्षर


प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार

अमेरिकामा नेपालीको टीपीएसको अवधि थप्न र पुन टीपीएस प्रदान गर्न माग गर्दै संचालन गरिएको हस्ताक्षर अभियानमा अहिलेसम्म १८ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । २५ हजार ६ सय हस्ताक्षरको लक्ष्यसहित सुरु गरिएको अभियानमा लक्ष्यमा पुग्न अझै झण्डै ७ हजार हस्ताक्षरको आवश्यकता रहेको छ ।

नेपालीको टीपीएसको कागजातको अवधि आगामी अक्टोबर ४ सम्ममात्र बाँकी रहेको छ । त्यसपछि पनि बाइडेन प्रशासनले टीपीएसको अवधि थप्ने अपेक्षा त गरिएको तर अहिलेसम्म बाइडेन प्रशासनले कुनै कदम भने चालेको छैन । त्यसैले नेपाली टीपीएसवाहकहरु अन्यौल र त्रासमा रहेका छन् ।

अमेरिकामा नेपाली र नेपाली भाषी आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था अधिकारले हस्ताक्षर अभियानको स्पोन्सर गरेको हो । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासलाई सम्बोधन गरेर हस्ताक्षर अभियान संचालन गरिएको हो । अभियान एक्सन नेटवर्क डट वर्कमा संचालन गरिएको छ ।

तपाई पनि हस्ताक्षर गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१५ को भूकम्प र हालको कोरोना महामारी तथा बाढी लगायतका प्राकृतिक प्रकोपले पारेको भयावह असरको कारण नेपाल फर्कन अझै पनि असुरक्षित रहेको भन्दै टीपीएसको अवधि थप्न र पुन प्रदान गर्न मा गरिएको छ । हाल झण्डै १० हजार नेपालीहरु टिपिएसमा छन्, तर त्यसमा जुन २४, २०१५ भन्दा अगाडि आएकाहरुलाई मात्र सामेल गरिएको छ।

फोटो: अधिकार

सन् २०१५ को जुन २४ पछि अहिलेसम्मको अवधिमा अमेरिका आएकाहरु समेत योग्य हुनेगरी पुन टीपीएस प्रदान गर्न माग गरिएको हो । उनीहरुसमेत योग्य हुनेगरी नेपालीलाई टीपीएस प्रदान गरिएको खण्डमा थप झण्डै ३७ हजार भन्दा धेरै नेपाली आप्रवासीहरु टिपिएसको लागि योग्य हुने अधिकारको भनाई छ ।

नेपाल फर्कन असुरक्षित हुनुको कारण भयानक भूकम्प मात्र नभई कायम रहेको राजनैतिक अस्थिरता र प्राकृतिक विपत्ति समेत रहेको पिटिसनमा उल्लेख छ । पिटिसनमा भनिएको छ – ‘नेपालमा मानविय संकट जारी छ । यी मिहिनेती, आवश्यक नेपाली आप्रवासीहरुलाई सुरक्षित रुपमा त्यहाँ फर्कन अहिले सम्भव छैन। हाल संयुक्त राज्य अमेरिकामा बस्दै गरेका ३६,००० भन्दा धेरै नेपालीहरु र उनीहरुको परिवारहरुलाई नेपालले फिर्ता लिन सक्ने अवस्थामा छैन।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com