साढे ३ ट्रिलियनको बजेट प्याकेजमा सहमति, ‘टीपीएसवाहकलाई नागरिकता’को विषय समेट्ने प्रयास


प्रकाशित मिति : असार ३०, २०७८ बुधबार

अमेरिकी सिनेटमा रहेका डेमोक्र्याट्सहरुले बृहत  पूर्वाधार खर्च बिल साढे ३ ट्रिलियन अमेरिकी डलरको बनाउने सहमति कायम गरेका छन् । यो बजेट परम्परागत पुल, बाटो निर्माण लगायतका क्षेत्रमा खर्च छुट्याउने दुईदलीय बिल भन्दा फरक हो । रिपब्लिकनहरुसँगका सम्झौतामा समावेश नभएका परियोजनाहरुका लागि खर्च अनुमोदन गर्ने यो बिल रिपब्लिकनको समर्थन विना बजेट प्रकृयाबाट सिनेटमा सामान्य बहुमतबाट पारित गरिनेछ ।

यो बिलमा टीपीएसवाहक र डाकामा रहेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समेट्ने प्रयास समेत गरिएको छ । डेमोक्रेटिक सिनेटरहरुले मंगलबार राती बिलको आकारबारे सहमति कायम गरेका हुन् । सांसदहरु अगस्तमा एकमहिनाको छुट्टीमा जानु अगाडि नै यो बिल स्वीकृत गर्नका लागि डेमोक्र्याट्सहरुले काम तीब्र पारेका छन् ।

यदि सबै डेमोक्र्याट्सहरु सहमत भएको खण्डमा यो बिल रिपब्लिकन सिनेटरहरुको समर्थन विना पनि पारित हुनसक्नेछ । पचास पचासमा विभाजित सिनेटमा उपराष्ट्रपति कमला ह्यारिसले टाइब्रेक गर्न सक्नेछिन् । बजेट प्रकृयाबाट पारित गर्दा फिलिबस्टर भोटको आवश्यकता पर्नेछैन । विगतको कोरोनाभाइरस राहत प्याकेज पनि रिपब्लिकनको समर्थनविना बजेट प्रकृयाबाट पारित गरिएको थियो ।

बजेट कमिटीका अध्यक्ष सिनेटर बर्नी स्याण्डर्सले आफूहरु अमेरिकाको आधुनिक इतिहासमा नै काम गर्ने परिवारका लागि सबैभन्दा महत्वपूर्ण कानूनको अंश पारित गर्न गइरहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बर्नी स्याण्डर्स नै बिलका मास्टरमाइण्ड हुन् भने यो बिलको मुख्य अंश यसै साता सार्वजनिक हुने अपेक्षा गरिएको छ । बिलमा स्कुलमा सबै विद्यार्थीका लागि निशुल्क खाना, विभिन्न ट्याक्स सुविधाहरु, सस्तो औषधी, आप्रवासन सुधार, मेडिकेडमा रहेको खाडल हटाउने व्यवस्था, मेडिकेयरको विस्तार लगायतका विषय समावेश गर्नेबारे छलफल भइरहेको छ ।

डेमोक्र्याट्सहरु बिलमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कृषि कामदारलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय यही बिलमा समावेश गर्न चाहन्छन् । सिनेटमा डेमोक्रेटिक नेता चक शुमर र हाउस स्पीकर न्यान्सी पेलासी यो बिलमा अध्यागमन सुधार समावेश गर्न चाहन्छन् भने राष्ट्रपति जो बाइडेनले पनि यसका लागि आफू खुला रहेको बताएका छन् ।

तर केही डेमोक्रेटिक सांसदहरु अध्यागमनको नीतिगत विषय बजेट प्रकृयाबाट रिपब्लिकनको समर्थन विना पारित गर्न सकिने यो बिलमा समावेश गर्न नसकिने हो कि भन्ने विषयमा चिन्तित रहेका छन् । किनभने फिलिबस्टरलाई बाइपास गरेर अगाडि बढिने बजेट प्रकृयाका केही विशेष नियमहरु रहेका छन् । यद्यपी कैयन सांसदहरुले भने अध्यागमन सुधारले कर लगायतका आर्थिक क्षेत्रमा प्रभाव पार्ने भएकाले बजेट प्रकृयाबाट पारित गर्न सकिने तर्क गरेका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com