अमेरिकी पासपोर्ट नविकरणमा साढे ४ महिनाभन्दा बढी


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

पछिल्लो समय अमेरिकी पासपोर्ट नविकरणमा अत्यन्तै लामो समय लाग्ने गरेको छ । विदेशको यात्रा गर्न चाहने कतिपय अमेरिकनहरुको पासपोर्ट नविकरण हुन साढे ४ महिनाभन्दा पनि लामो समय लागिरहेको छ ।

अन्तर्राष्ट्रिय यात्राको क्रम बढ्दै जाँदा निकट भविश्यमा पासपोर्टको म्याद सकिन लागेका अमेरिकनहरु पासपोर्ट नविकरणका भएको ढिलाईका कारण चिन्तित बनेका छन् । अमेरिकी विदेश मन्त्रालय र हुलाकहरुले गरेको ढिलाई कारण पासपोर्ट नविकरण गर्न चाहने कैयन आवेदकहरु जनप्रतिनिधिहरुको ढोकामा समेत पुगेका छन् ।

कतिपय पासपोर्ट अप्वाइन्ट नपाएका कारण दुर्लभ अप्वाइन्टमेन्ट लिनका लागि अन्य राज्यमा यात्रा गर्न बाध्य भएका छन् । अहिले पासपोर्ट प्राप्त गर्न लाग्ने समयअवधि महामारी अगाडिको तुलनामा निकै लामो भएको छ । हुलाकको प्रकृयामा ६ हप्तासम्म र पासपोर्ट आवेदन प्रकृयामा १२ हप्तासम्म गरी अहिले १८ हप्तासम्म लाग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शीघ्र प्रकृया अपनाइएका पासपोर्टमा समेत १२ हप्तासम्म लाग्ने गरेको छ । आपतकालिन अवस्थामा यात्रा गर्नुपर्ने भएमा तीनदिनभित्र पासपोर्ट प्राप्त गर्न सकिनेछ । तर त्यसका लागि आगामी ७२ घण्टाभित्र आपतकालिन यात्रा गर्नुपर्ने अवस्था हुनुपर्नेछ । त्यसका लागि अप्वाइन्टमेन्ट लिन जरुरी हुन्छ । तर त्यस्ता अप्वाइन्टमेन्टहरु अत्यन्तै सिमित भएकाले पाउन मुस्किल रहेको छ ।

अहिले आवेदन पठाइसकेपछि पनि ६ हप्तासम्म अनलाइनमा स्टाटस हेर्दा ‘नट अभाइलेवल’ देखिन सक्नेछ । तर यस्तो अवस्थामा चिन्तित नहुन र आवेदन तथा कागजातहरु सुरक्षित तरिकाले बाटोमा आउँदै गरेको हुने अमेरिकी विदेशमन्त्रालयको भनाई छ । ६ साताको अवधिमा आवेदन सम्बन्धित स्थानमा पुग्ने, पेमेन्ट प्रकृयामा लगिने र आवेदन प्रणालीमा प्रवेश गर्ने भएकाले त्यसपछिमात्र अनलाइनमा चेक गर्दा ‘इन प्रोसेस’ देखिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com