सबै अप्वाइन्टमेन्ट रद्द गरेको अमेरिकी दूतावास काठमाडौंले ‘मे’ मा दियो १६६ जनालाई आप्रवासी भिसा


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

अप्रिलको अन्तिम साता सुचना जारी गरेर सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरेको बताएको अमेरिकी दूतावास काठमाडौंले मे महिनामा लकडाउनकै बीच पनि १६६ जनालाई आप्रवासी भिसा प्रदान गरेको खुलासा भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज जारी गरेको तथ्यांकमार्फत यस्तो खुलासा भएको हो ।

तथ्यांक अनुशार मे महिनामा अमेरिकी दूतावास काठमाडौंले ४२ जना अमेरिकी नागरिकका दम्पत्तिहरुलाई आप्रवासी भिसा जारी गरेको हो । त्यस्तै मे महिनामा अमेरिकी नागरिकका बुबाआमा ८५ जनालाई सबैभन्दा धेरै आप्रवासी भिसा प्रदान गरिएको छ । अमेरिकी नागरिकका २१ ब्र्ष ननाघेका छोराछोरीहरु १० जनालाई मेमा अमेरिकी दूतावास काठमाडौंबाट भिसा दिइएको छ ।

अमेरिकी दूतावास काठमाडौं

यो बाहेक अन्य २९ जनालाई विभिन्न श्रेणीमा आप्रवासी भिसा जारी गरिएको छ । तर डिभी विजेता एकजनालाई पनि अमेरिकी दूतावास काठमाडौंबाट भिसा जारी गरिएको छैन । अन्य कैयन दूतावासहरुले डिभी विजेताहरुलाई भिसा जारी गरेपनि अमेरिकी दूतावास काठमाडौंले भने मेमा कुनै पनि डिभी विजेतालाई भिसा जारी गरेको छैन ।

तर विश्वभरबाट भने ५ जना नेपाली डिभी विजेताहरुले मे महिनामा भिसा पाएका छन् । उनीहरुले कुन देशको दूतावासबाट भिसा पाएका हुन् भन्नेबारे भने स्पष्ट छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com