लकडाउनकै बीच ‘मे’मा अमेरिकी दूतावास काठमाडौंबाट ३५४ लाई भिजिटर भिसा, कुन श्रेणीमा कति?


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले अप्रिलको अन्तिमबाट सबै आप्रवासी र गैर आप्रवासी भिसा अप्वाइन्टहरु रद्द गरेको थियो । लकडाउनका कारण अमेरिकी दूतावास काठमाडौंमा सबै भिसा अप्वाइन्टमेन्ट रद्द गरिएपनि भिजिटर भिसा नविकरण भने जारी राखेको थियो ।

त्यस्तै आपतकालिन अवस्थामा यात्रा गर्नुपर्नेहरुका लागि पनि भिसा जारी गरिएको थियो । सबै नियमित भिसा अप्वाइन्टमेन्ट रद्द गरिएपनि मे महिनामा अमेरिकी दूतावास काठमाडौंले ३५४ जनालाई भिजिटर भिसा जारी गरेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज सार्वजनिक गरेको छ । यीमध्ये अधिकांश विगतमा भिजिटर भिसा भएकाहरुको भिसा नविकरण गरिएको हो ।

यी बाहेक काठमाडौं दूतावासले मे महिनामा अन्य ३४ जनालाई गैर आप्रवासी भिसा जारी गरेको छ । जसमा अमेरिकी नागरिकका मंगेतर ८ जना रहेका छन् भने विद्यार्थी भिसा पाउनेहरु २ जना रहेका छन् । कूटनीतिज्ञहरु ५ जना र तोकिएका अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गर्ने १२ जनालाई भिसा जारी गरिएको थियो ।

मे महिनामा अमेरिकी दूतावास काठमाडौंले जारी गरेका विभिन्न श्रेणीका गैरआप्रवासी भिसा

मे महिनामा काठमाडौं दूतावासले भिसा अप्वाइन्ट स्थगित गरेपछि कतिपय नेपालीले भारतमा रहेका अमेरिकी दूतावासबाट समेत गैर आप्रवासी भिसाहरु लिएका थिए । त्यसैले विश्वभरबाट मे महिनामा भिजिटर भिसा लिने नेपालीहरुको संख्या ३ सय ८८ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावास काठमाडौंले २ जनालाई विद्यार्थी भिसा जारी गरेपनि अन्य दूतावासबाट अरु २० जना नेपालीहरुले मे महिनामा विद्यार्थी भिसा लिएका छन् ।
मे महिनामा अन्तर्राष्ट्रिय संगठनमा काम गर्ने नेपाली कर्मचारीहरु कुल ३२ जनाले जी श्रेणीको भिसा लिएका थिए ।

अमेरिकी दूतावास काठमाडौंले अझै पनि नियमित भिजिटर भिसा जारी गर्न भने सुरु गरेको छैन । यद्यपी पहिले नै भिसा भएकाहरुको भिजिटर भिसा विना अन्तरवार्ता नविकरण गर्न भने जारी नै राखेको छ । त्यस्तै सिमित संख्यामा विद्यार्थी भिसाका अप्वाइन्टमेन्ट पनि अमेरिकी दूतावास काठमाडौंले दिइरहेको छ ।

नियमित भिसा सेवा कहिलेदेखि सुचारु हुने भन्नेबारे अझै निश्चित छैन । तर आपतकालिन अवस्थामा तत्काल यात्रा गर्नुपर्ने भएमा भने आपतकालिन भिसा अप्वाइन्टमेन्टका लागि अनुरोध गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com