नेपाली विद्यार्थीलाई २ बर्षभन्दा लामो अमेरिकी भिसा नदिने प्रस्तावित नियम फिर्ता


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

अमेरिकी सरकारले अमेरिकामा पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आउनेलाई अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम फिर्ता गरेको छ । गत सेप्टेम्बर २५ मा प्रस्तावित नियम फेडेरल रजिष्टरमा प्रकाशित गरिएको थियो । जसमा ३० दिनको कमेन्ट अवधि तोकिएकोमा झण्डै ३२ हजार कमेन्टहरु प्राप्त भएका थिए ।

कमेन्ट गर्नेहरुमा ९९ प्रतिशतभन्दा धेरैले यो प्रस्तावित नियमको विरोध गरेको र कैयनले यो नियम फिर्ता गर्न माग गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । १ प्रतिशतभन्दा कमलेमात्र यो प्रस्तावित नियमको समर्थन गरेको जनाइएको छ । यी कमेन्टहरुका आधारमा र राष्ट्रपति जो बाइडेनले जारी गरेको कार्यकारी आदेशका आधारमा यो प्रस्तावित नियम फिर्ता गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

प्रस्तावित नियममा के थियो ?

अहिलेसम्म पत्रकारको आईभिसा, एक्सचेन्ज भिजिटर र विद्यार्थीको एफ भिसाका लागि अमेरिका छिर्दा फर्कने मिति उल्लेख नगरी स्टाटस कायम गरुन्जेल बस्न मिल्ने उल्लेख गरिदै आएको छ । तर प्रस्तावित नियममा निश्चित मिति उल्लेख गर्ने र त्यो भन्दा बढी अमेरिकामा बस्न चाहनेहरुले भिसा लम्बाउनका लागि आवेदन दिनुपर्ने प्रावधान रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त प्रस्तावित नियममा विद्यार्थी भिसावाहकलाई अधिकतम ४ बर्षसम्ममात्र बस्न पाउनेगरी अध्यागमनमा मिति तोकिने उल्लेख गरिएको थियो भने पत्रकारका सन्दर्भमा आई भिसा वाहकलाई २४० दिन अर्थात् ८ महिनामात्र अमेरिकामा बस्न पाउनेगरी अध्यागमनमा मिति तोकिने उल्लेख थियो । आई भिसामा आउनेहरुले अधिकतम अतिरिक्त २४० दिनसम्म आफ्नो बसाईको अवधि लम्बाउन सक्ने उक्त प्रस्तावित नियममा उल्लेख थियो ।

१० प्रतिशतभन्दा बढी विद्यार्थी भिसा र एक्सचेन्ज भिजिटर भिसामा ओभरस्टे हुने मुलुकका सन्दर्भमा भने २ बर्षसम्ममात्र बस्न पाउने गरी अध्यागमनले अवधि तोक्ने नियममा उल्लेख भएकाले विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसामा नेपालीहरु ओभरस्टे हुने दर आर्थिक बर्ष २०१९ मा १३ दशमलव ४३ प्रतिशत रहेकोमा यो नियम लागु भएको भए नेपाली विद्यार्थीहरुले २ बर्षको मात्र भिसा पाउने नियम लागु हुने थियो ।

ओभरस्टे भएर पनि अमेरिकाभित्रै रहेका नेपाली विद्यार्थीको प्रतिशत सन् २०१९ मा ११ दशमलव ४३ प्रतिशत रहेको थियो ।

त्यस्तै पढाई समाप्त गरेर फर्कने विद्यार्थीहरुका लागि ६० दिनको अवधि दिइदै आएकोमा प्रस्तावित नियममा त्यसलाई घटाएर ३० दिनमात्र बनाइएको थियो । साथै भिसाको अवधि थप्न चाहने एफ, जे र आई भिसा वाहकले पनि नियमित बायोमेट्रिक दिनुपर्ने प्रस्तावित नियममा उल्लेख थियो ।

एफ, जे र आई भिसामा अहिलेको प्रावधान

एफ, जे र आई भिसामा अमेरिका प्रवेश गर्दा छापसँगै डीएस स्टाटस प्रदान गरिन्छ, जसको अर्थ अमेरिकामा उक्त स्टाटसमा रहँदासम्म वैध हुने भन्ने हुन्छ । अहिलेसम्म उनीहरुलाई भिजिटर भिसामा जस्तो तोकिएको मितिअगाडि फर्कनुपर्ने बाध्यता छैन ।

अमेरिकामा आई भिसामा प्रवेश गर्ने पत्रकारहरुले मिडियामा आवद्ध रहुन्जेल र एफ भिसामा प्रवेश गर्ने विद्यार्थीहरुले पढाईमा आबद्ध हुन्जेल अमेरिकामा कानुनी रुपमा नै बस्न पाउने प्रावधान रहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com