बेलायतमा विना भिसा छिरेर एसाइलम खोज्नेलाई ५ बर्ष जेल हाल्नसक्ने नियम प्रस्ताव


प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार

बेलायत सरकारले विना भिसा छिरेर एसाइलम खोज्नेलाई ५ बर्षसम्म जेल हाल्नसक्ने नियम प्रस्ताव गरेको छ । सरकारले प्रस्ताव गरेको बिल अनुशार एसाइलमका लागि अनुमति विना बेलायत छिर्न खोज्नेहरुबिरुद्ध अपराधको अभियोग लगाएर ५ बर्षसम्म जेल हाल्नसक्ने अधिकार अधिकारीहरुलाई दिइनेछ ।

नेशनालिटी एण्ड बोर्डर बिल अन्तरगत यदि कोही व्यक्ति बेलायतमा भिजिटर भिसा लगायतका भिसामा आएर नियमित तरिकाले एसाइलम दावी गर्छ भने बेलायतको नियमित शरणार्थी प्रकृयाबाट अगाडि बढ्नुपर्नेछ । यदि स्वीकृत भएमा उसले बेलायतमा शरणार्थीका रुपमा बस्न पाउनेछ । साथै दम्पत्ति र छोराछोरीहरुलाई पनि ल्याउन पाउनेछ । तर यो बिल पारित भने भइसकेको छैन ।

तर यदि कोही व्यक्ति विना भिसा फ्रान्सबाट सानो डुंगा चढेर वा ट्रकभित्र लुकेर अनौपचारिक तरिकाले बेलायतमा प्रवेश गर्छ भने बेलायतले सुरुमा उसलाई पहिले उसको घरमा वा सुरक्षित तेश्रो देशमा पठाउने प्रयास गर्नेछ । यदि अधिकारीहरुले त्यसो गर्न नसकेको अवस्थामा उसलाई अस्थायी स्टाटस प्रदान गरिनेछ तर उसबिरुद्ध गैरकानूनी रुपमा छिरेको अपराधको अभियोग लगाइनेछ । उसले दम्पत्ति वा छोराछोरी ल्याउन पाउनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वातन्त्र आवतजावतको अन्त्य र प्वाइन्टमा आधारित नयाँ अध्यागमन प्रणाली ल्याएर आफूहरुले कानूनी अध्यागमन प्रणालीमा नियन्त्रण कायम गरेको सरकारको भनाई छ । तर सिमा नियन्त्रणलाई सम्बोधन गर्न अवैध आप्रवासनलाई पनि रोक्नुपर्ने बेलायतको भनाई छ ।

यदि यो बिल पारित भएमा बेलायतमा हाल शरणार्थी स्टाटसका लागि योग्य रहेका ९ हजारदेखि २१ हजारसम्म व्यक्ति शरणार्थीका लागि योग्य हुनेछैनन् । बिल पारित हुँदैमा गैरकानूनी बाटोबाट बेलायत आएर एसाइलम खोज्नेहरुको संख्यामा कमी नहुने अधिकारकर्मीहरुको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com