गर्भवती, सुत्केरी र स्तनपान गराउने कागजपत्रविहिन महिलालाई अमेरिकामा आइसले पक्राउ नगर्ने


प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार

अब अमेरिका इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले गर्भवती, सुत्केरी र स्तनपान गराउने महिलालाई सामान्यतया पक्राउ नगर्ने र हिराशतमा नराख्ने भएको छ । बाइडेन प्रशासनले अध्यागमन अधिकारीहरुलाई निर्देशन दिदै गर्भवती आप्रवासीहरुलाई पक्राउ गर्ने कामलाई प्राथमिकता नदिन भनेको हो ।

कानूनी रुपमा पक्राउ गर्नैपर्ने र अपवादका मामलाहरुमा बाहेक अब गर्भवती र स्तपान गराउने आप्रवासीहरुलाई पक्राउ नगरिने जनाइएको छ । शुक्रबार संसदीय कर्मचारीहरुलाई पठाइएको मेमोमा यो नीतिबारे उल्लेख गरिएको छ । पक्राउ गर्नैपर्ने अवस्थामा उनीहरुको उचित हेरचाहको बन्दोबस्त गर्न निर्देशन दिइएको छ ।

मेमोमा लैंगीक तटस्थताको भाषा प्रयोग गरिएको छ । जसका कारण तेश्रो लिंगीहरु प्नि समेटिएको जनाइएको छ । सुत्केरी भएको एकबर्ष ननाघेकाहरुले यस्तो छुट पाउने भएका छन् । पहिले नै हिराशतमा रहेकाहरुकोबारेमा पनि हिराशतमा निरन्तर राख्ने वा नराख्नेबारे मूल्यांकन गरिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनको नीतिले सन् २०१७ को ट्रम्प प्रशासनको मेमोलाई उल्टाएको छ । ट्रम्प कालिन नीतिका कारण अहिले पनि हिराशतमा लिइएका महिलाहरु गर्भवती भए नभएको परीक्षण गर्नुपर्ने आवश्यकता रहेको छ । ट्रम्पकालमा सन् २०१८ मा २०९८ जना गर्भवती महिलाहरुलाई हिराशतमा लिइएको थियो भने ३८१ जना स्तनपान गराइरहेका महिलाहरुलाई हिराशतमा लिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com