न्युयोर्कका ३ वटै अध्यागमन अदालतमा एसाइलम सुनुवाई सुरु, सुनुवाई स्थगित भएकालाई नयाँ मिति


प्रकाशित मिति : असार २४, २०७८ बिहीबार

अध्यागमन अदालत

न्युयोर्कका तीनवटै अध्यागमन अदालतमा हिराशतमा नरहेका एसाइलम आवेदकहरुको पनि सुनुवाई सुचारु भएको छ । न्युयोर्कको ब्रोडवे, भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरुमा मंगलबारदेखि सुनुवाई सुचारु गरिएको हो ।

न्युयोर्कका चर्चित नेपाली कानून व्यवसायी रमेश श्रेष्ठले भने – ‘यी अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको पनि अदालती सुनुवाई सुचारु भइसकेको छ । आगामी दिनहरुमा हामीले प्रतिनिधित्व गरेका कैयन नेपालीका मुद्दाहरुमा पनि सुनुवाई तय भएका छन् ।’

महामारीका कारण सुनुवाई स्थगित गरिएका मुद्दाहरुका सन्दर्भमा नयाँ मितिहरु पनि दिन थालिएको छ । कतिपयलाई सन् २०२१ कै अन्तिमतिरका मितिहरु दिइएको र कतिपयलाई सन् २०२२ का मितिहरु दिइएको कानून व्यवसायी श्रेष्ठले जानकारी दिए । कतिपयका सन्दर्भमा न्यायाधिसहरु पनि परिवर्तन गरिएको छ ।

कानुन व्यवसायी रमेश श्रेष्ठ

श्रेष्ठले भने – ‘केही न्यायाधिसहरु रिटायर्ट भइरहेका छन् भने कैयन नयाँ न्यायाधिसहरु थपिएका छन् । त्यसैले सुनुवाईको नयाँ मिति तय भएका कैयनका न्यायाधिसहरु पनि परिवर्तन भएका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाई ६ देखि जुलाई ३० सम्म पहिले नै सुनुवाई तय भएका तर जुन २२ सम्म सुनुवाईको नयाँ मिति तय भएको सुचना नपाएकाहरुले पहिले नै तोकिएको मितिमा अदालतमा उपस्थीत हुन एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सुचित गरेको छ । जुलाई ३० पछिको सुनुवाई तय भएकाहरुले अध्यागमन अदालतको सुचनाहरु हेर्दै गर्न भनिएको छ ।

केसबारे कुनै प्रश्नभएको सम्बन्धित पक्षले सम्बन्धित अध्यागमन अदालतमा सम्पर्क गरेर समेत थप जानकारी प्राप्त गर्न सक्नेछन् । अदालतमा सम्पर्क गर्नुको अलावा कानूनी प्रतिनिधि वा सम्बन्धित पक्षले अध्यागमन अदालतको अनलाइन रिसोर्समा पनि हेर्न सक्नेछन् । जुलाई ६ बाट खुलेका अध्यागमन अदालतहरुमा इमेलबाट मुद्दा फाइल गर्ने सुविधा आगामी सेप्टेम्बर ४ बाट अन्त्य हुनेछ । उक्त मितिपछि पठाइएका इमेलहरु स्वीकार नगरिने एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

अध्यागमन अदालतले सुनुवाईको मिति परिवर्तन भएको खण्डमा सम्बन्धित पक्षलाई सुचित गर्ने भएकाले उक्त सुचनाको प्रतिक्षा गर्न सुझाव दिइएको छ । आफ्नो केसबारे अटोमेटेड हटलाइनमा फोन गरेर पनि जानकारी प्राप्त गर्न सकिन्छ ।

न्युयोर्कका अध्यागमन अदालतमा गतबर्षदेखि नै सुनुवाईहरु स्थगित हुँदा सयौं नेपालीहरु प्रभावित थिए । बर्षौदेखि एसाइलमका मुद्दाको सुनुवाई कुरेर बसेका र परिवारसँग पुनर्मिलनको प्रतिक्षामा बसेका नेपालीहरु अदालत बन्द भएका कारण सुनुवाई पछाडि सर्दा मारमा परेका हुन् । कोरोनाको महामारी सुरु भएदेखि नै गतबर्षको मार्चदेखि अध्यागमन अदालतहरु प्रभावित हुँदै आएका थिए ।

अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका झण्डै ४ हजार एसाइलम केसहरु पेन्डिङ रहेका छन् । पेन्डिङ केसहरुमध्ये २१ सय २६ नेपालीका केसहरु न्युयोर्कका अदालतमा रहेका छन् । न्युयोर्कको फेडरल प्लाजामा १७७२ जना नेपालीका केसहरु पेन्डिङ रहेका छन् । त्यस्तै न्युयोर्कको ब्रोडवेमा २२१ जना नेपालीका केसहरु पेन्डिङ रहेका छन् । भेरिक स्ट्रीटमा १२३ जना नेपालीका केस पेन्डिङ छन् ।

कुन कुन अदालतहरुमा हिराशतमा नरहेकाहरुको सुनुवाई सुचारु भएको छ ? कुन कुन अदालतमा हिराशतमा रहेकाहरुकोमात्र सुनुवाई संचालनमा छ ? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com