के ‘एड्भान्स परोल’ ट्राभल डकुमेन्ट पेन्डिङ रहेकै बेला अमेरिकाबाहिर यात्रा गरेर कुर्न मिल्छ?


प्रकाशित मिति : असार २३, २०७८ बुधबार

अमेरिकामा युएससीआईएसले ४ प्रकारका ट्राभल डकुमेन्टहरु जारी गर्छ । एड्भान्स परोल, शरणार्थी ट्राभल डकुमेन्ट, रि इन्ट्री परमिट र क्यारिअर डकुमेन्ट गरी ४ प्रकारका ट्राभल डकुमेन्टहरु रहेका छन् ।

अमेरिकामा कुनै आवेदन पेन्डिङ रहेको अवस्थामा वा टीपीएस लगायतका स्टाटसमा रहेको अवस्थामा एड्भान्स परोल, शरणार्थी वा एसाइलम स्टाटसमा रहेका तर पासपोर्ट नभएकाहरुलाई अमेरिकाबाहिर यात्रा गर्नका लागि शरणार्थी ट्राभल डकुमेन्ट, अमेरिकाबाहिर एकबर्षभन्दा लामो समय बस्नुपर्ने ग्रिनकार्डवाहकका लागि रि इन्ट्री परमिट र अमेरिकाबाहिर गएको बेला ग्रिनकार्ड वा रि इन्ट्री परमिट हराएका, चोरी भएका वा क्षति भएकाहरुका लागि क्यारिअर डकुमेन्ट जारी गरिन्छ ।

जसमध्ये अमेरिकामा कुनै अध्यामगन आवेदन पेन्डिङ रहेको अवस्थामा वा टीपीएस लगायतका स्टाटसमा रहेको अवस्थामा जारी गरिने एड्भान्स परोलका सन्दर्भमा खसोखासमा धेरै प्रश्नहरु आउने गरेका छन् । युएससीआईएसले एड्भान्स परोल स्वीकृत गर्न लामो समय लगाएको अवस्थामा एड्भान्स परोल आवेदन पेन्डिङ रहेकै बेला अमेरिकाबाहिर यात्रा गरेर उक्त डकुमेन्ट अमेरिकाबाहिर प्रतिक्षा गर्न मिल्ने नमिल्नेबारे धेरै प्रश्नहरु आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीले यो प्रश्न युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकलाई सोधेका थियौं । उनले यदि कोही आवेदकको एड्भान्स परोल आवेदन पेन्डिङ रहेको छ भने उक्त समयमा अमेरिकाबाहिर यात्रा नगर्न सुझाव दिएकी छिन् । यदि एड्भान्स परोल आवेदन पेन्डिङ रहेकै अवस्थामा अमेरिकाबाहिर यात्रा गरेको खण्डमा उक्त व्यक्तिलाई अमेरिका प्रवेश नदिइने उनले स्पष्ट पारेकी छिन् ।

तर नजिकको आफन्तको मृत्यु जस्ता इमर्जेन्सी अवस्थामा भने आवेदनबारे युएससीआईएसले शीघ्र निर्णय दिने उनको भनाई छ । युएससीआईएसमा आवेदनबारे शीघ्र निर्णयका लागि फोन सम्पर्क गरेर पनि अनुरोध गर्न सकिन्छ । तर कुन आवेदनबारे शीघ्र निर्णय दिने भन्नेबारे युएससीआईएसको तजविजमा भर पर्ने भएकाले एउटै प्रकृतिका सबै आवेदनबारे एउटै निर्णय भने नहुनसक्नछ ।

यदि एउटा एड्भान्स परोल आवेदन पेन्डिङ अवस्थामा रहेको बेलामा आवेदकले अर्को स्वीकृत एड्भान्स परोलका आधारमा भने पेन्डिङ एड्भान्स परोल त्यागेको मानिने छैन । इमर्जेन्सी एड्भान्स परोल प्राप्त गर्नका लागि युएससीआइएसको फिल्ड अफिसमा भरेको आवेदन, आवेदन शुल्क, इमर्जेन्सी हुनुको प्रमाण र दुईवटा पासपोर्ट शैलीको तस्वीर लिएर जानुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com