बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने देउवाको दावी


प्रकाशित मिति : जेष्ठ १६, २०७४ मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति भए राष्ट्रिय सहमतिको नभए  बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ ।

राष्ट्रिय सहमतिय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व भएका दलहरुको सर्वदलिय बैठक आव्हान गर्नुभएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि बैठक ठोस निष्कर्ष आएन ।

राष्ट्रिय सहमतिय सरकार गठनमा सहमति जुटाउने प्रयासमा भएको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित भएपछि उद्देश्य अनुरुप बैठकले ठोष निर्णय गर्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो । सभापति देउवालाई एमाले अध्यक्ष केपी ओलीसंग व्यक्तिगत रुपमा भेटेर भएपनि सहमतिमा ल्याउने प्रयास गर्न भनेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

संसद भवनमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित भएनन् । बैठकमा सहभागी राजपाका तर्फबाट बैठकमा सहभागी नेता लक्षमणलाल कर्णले आफुहरुका माग अहिले पनि संम्बोधन नभएको भन्दै वर्तमान सरकारले उधारो राखेको माग पुरा भए जसको नेतृत्वको सरकार बनेपनि स्वीकार गर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि आव्हान भएकाले त्यसका लागि सहमति जुटाउन सर्वदलिय बैठक आव्हान गरिएको बताउनुभयो । उहाले बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेक अन्य सबै दलका प्रतिनिधि उपस्थित रहेको र सहमतिय सरकार गठनमा उनीहरुले सकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले जेठ १० गते राजिनामा दिनुभएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com