अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता लिनेमा विश्वमै सातौं नेपाली, भारतीयलाई उछिने


प्रकाशित मिति : असार २०, २०७८ आईतबार

अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गर्नेमा विश्वमा नै सातौं नम्बरमा नेपालीहरु रहेको तथ्यांक युएससीआईएसबाट प्राप्त भएको छ । अमेरिकी सेनामा भर्ना भइसकेपछि तत्कालै नागरिकता प्राप्त गर्नसकिने प्रावधान रहेको छ भने आवासीय निरन्तरता लगायतका कैयन प्रावधानमा समेत छुट रहेको छ ।

युएससीआईएसका अनुशार विगत ५ बर्षमा एकहजार नेपालीहरुले अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरेका छन् । उनीहरुले आर्मी, नेभी, मरिन, एयर फोर्स र कोस्ट गार्डमा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरेका हुन् ।

अमेरिकी सेनामा रहेका नेपाली सरल श्रेष्ठ अमेरिकी सेनामा बर्ष सिपाही घोषित भएका थिए ।

आर्थिक बर्ष २०१६ मा ४७० जना नेपालीहरुले अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरे भने सन् २०१७ मा यो संख्या घटेर १४० मा झरेको थियो । सन् २०१८ मा पनि १४० जना नेपालीहरुले नै अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गरे ।

आर्थिक बर्ष २०१९ मा अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता पाउने नेपालीहरु १६० जना रहेका थिए भने सन् २०२० मा जम्मा १ सयजना रहेका थिए । सबैभन्दा धेरै अमेरिकी आर्मीमा र दोश्रोमा नेभीमा भर्ना हुनेहरु रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सेनामा भर्ना भएर अमेरिकी नागरिकता प्राप्त गर्नेमा पहिलो नम्बरमा फिलिपिनो, दोश्रो नम्बरमा मेक्सिकन, तेश्रोमा चाइनिज, चौथोमा साउथ कोरियन, पाँचौंमा जमैकिन र छैठौंमा नाइजेरियन रहेका छन् । सातौं नम्बरमा नेपाली रहेका छन् ।

नेपालीहरुले भारतीयहरुलाई समेत उछिनेका छन् । भारतीयहरु आठौं नम्बरमा छन् । घानाका नवौं र केन्याका १० औं नम्बरमा रहेको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०१६ को तुलनामा त्यसपछिका बर्षहरुमा अमेरिकी सेनामा भर्ना भएर नागरिकता प्राप्त गर्नेहरुको संख्या घट्दो रहेको छ ।

ग्रिनकार्ड नभएकाहरुलाई पनि अमेरिकी सेनामा भर्ना गर्न सकिने माभ्नी कार्यक्रम सन् २०१७ को सेप्टेम्बर ३० मा समाप्त भएकाले पछिल्ला बर्षहरुमा अमेरिकी सेनामा भर्ना भएर नागरिकता प्राप्त गर्नेहरुको संख्या घटेको छ । माभ्नी कार्यक्रम अन्तरगत नेपालीहरु पनि योग्य रहेका थिए भने यो कार्यक्रम अन्तरगत ठूलो संख्यामा नेपालीहरु अमेरिकी सेनामा भर्ना भएका थिए ।

त्यस्तै सन् २०१७ मा पेन्टागनले अमेरिकी सेनाको रिजर्भ फोर्समा रहेकाहरुलाई नागरिकता प्रदान गर्नमा रोक लगाएपछि त्यसको प्रभाव पनि परेको थियो । त्यस अगाडि इमिग्रेशन नेशनालिटी एक्टको सेक्सन ३२९ अनुशार अमेरिकी सेनामा रिजर्भ फोर्सका रुपमा भर्ना भएकाहरुले समेत तुरुन्तै अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने प्रावधान रहेको थियो ।

यद्यपी तीब्र गतिमा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकी सेनामा ६ महिनादेखि एकबर्षसम्म काम गरेको हुनुपर्ने पेन्टागनको नीतिलाई गतबर्षको अगस्तमा संघीय अदालतले कार्यान्वयनमा रोक लगाइसकेको छ ।

तीब्र गतिको नागरिकताका लागि योग्य हुन आवेदकले पेन्टागनबाट राम्रोसँग सेवा गरेको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । विगतमा सेनामा कार्यरत व्यक्तिले सेनामा सेवा सुरु गरेको भोलिपल्ट नै यस्तो प्रमाणपत्र पाउने गरेका थिए । तर सन् २०१७ मा पेन्टागनले नीतिमा परिवर्तन गरेर सकृय रुपमा खटेकाहरुलाई १८० दिन नपुगी प्रमाणपत्र नदिने नीति ल्याएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com