स्वतन्त्रता दिवसको अवशरमा अमेरिकामा ९ हजार ४ सयलाई नागरिकता दिइने


प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार

जुलाई ४ अर्थात् स्वतन्त्रता दिवसको अवशरमा अमेरिकामा ९ हजार ४ सय जनालाई नागरिकता प्रदान गरिने भएको छ । त्यसका लागि १७० वटा नागरिकता वितरण समारोहहरु आयोजना गरिएको युएससीआईएसले जनाएको छ । जुन ३० देखि जुलाई ७ को बीचमा नागरिकता वितरण समारोहहरु तय भएका छन् ।

यी समारोहहरुबाट आप्रवासीहरुलाई स्वागत गर्ने अमेरिकाको प्रतिबद्धता स्पष्ट हुने युएससीआईएसले बताएको छ । अमेरिकाको २४५ औं जन्मदिनका अवशरमा अमेरिकाभर विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिदैछ । सन् १७७३ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।

अमेरिकी नागरिकताको लागि हुने परीक्षाका लागि पढनुपर्ने सामाग्रीहरु ।

युएससीआईएसले यो अवशरमा हरेक बर्ष स्वतन्त्रता दिवशको मर्मसहितका नागरिकता वितरण समारोहहरु आयोजना गरेर मनाउदै आएको छ । आज जुलाई २ मा ह्वाइटहाउसमा समेत अमेरिकी राष्ट्रपति जो बाइडेनको उपस्थीतिमा नागरिकता वितरण समारोह गरिदैछ । जसमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले विदेशमा सेवा गरिरहेका अमेरिकी सेनाका २२ जनालाई भर्चुअल तरिकाले सपथग्रहण गराउँदैछन् ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न योग्यताहरु पूरा गरेको हुनुपर्छ । सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षपछि अमेरिकी नागरिकताका लागि योग्य हुनसक्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरु ३ बर्षमै नागरिकताका लागि योग्य हुनसक्छन् भने अमेरिकी सेनामा कार्यरतहरु तुरुन्तै योग्य हुनसक्छन् ।

विगतमा ट्रम्प प्रशासनले अमेरिकी नागरिकताको प्रश्नप्रणालीमा परिवर्तन गरेपनि बाइडेन प्रशासनले विगतकै प्रश्नप्रणाली लागु हुनेगरी ट्रम्प प्रशासनले लागु गरेको प्रश्नप्रणाली खारेज गरिसकेको छ । जस अनुशार सन् २००८ मा लागु भएको प्रश्नप्रणाली अनुशार नै परीक्षा दिएर अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ ।

अमेरिकी पासपोर्ट

गतबर्षपनि युएससीआईएसले नागरिकता वितरण समारोहहरु आयोजना गरेर स्वतन्त्रता दिवस मनाएको थियो । तर कतिजनालाई नागरिकता वितरण गरियो भन्नेबारे केही बताइएको थिएन । सन् २०१९ मा भने झण्डै ७५ सयलाई अमेरिकी नागरिकता वितरण गरेर स्वतन्त्रता दिवस मनाइएको थियो ।

सन् २०१८ स्वतन्त्रता दिवसको अवशरमा झण्डै १४ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो भने सन् २०१७ मा झण्डै १५ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com