यूएईले आफ्ना नागरिकलाई जुलाई २१ सम्म नेपाल जानमा लगायो प्रतिबन्ध


प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार

यूएईले आफ्ना नागरिकलाई नेपाल लगायतका मुलुकमा जानमा प्रतिबन्ध लगाएको छ । अब जुलाई २१ सम्म लागु हुनेगरी यूएईका नागरिकहरु नेपाल लगायत भारत, पाकिस्तान, बंगालादेश, श्रीलंका लगायतमा मुलुकमा यात्रा गर्न पाउने छैनन् ।

नेपाल लगायतका १४ देशहरुमा जुलाई २१ सम्म जान प्रतिबन्ध लगाइएको यूएईको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । नोटामलाई सुचना जारी गर्दै प्राधिकरणले जुलाई २१ को बेलुका ११ बजेर ५९ मिनेटसम्मका लागि प्रतिबन्ध लगाइएको जनाएको हो । यो प्रतिबन्ध पहिले नै स्वीकृत विजनेश तथा प्राविधिक प्रतिनिधि, कूटनीतिक मिसनहरुमा काम गर्नेहरु, सरकारी प्रतिनिधिहरु लगायतलाई भने लाग्नैछैन ।

यदि यूएइएको नागरिकलाई यात्राको बेलामा कोरोना संक्रमण पुष्टी भएमा सम्बन्धित देशको नियमको पालना गरेर सेल्फ क्वारेन्टीनमा बस्न सुझाव दिइएको छ । यदि कोरोना संक्रमण पुष्टी भएमा सम्बन्धित देशमा रहेको यूएईको दूतावासमा समेत सुचित गर्न भनिएको छ ।

भारत लगायतका देशबाट लगाइएको यात्रा प्रतिबन्ध पनि जारी नै रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com