हिराशतमा रहेका एसाइलम आवेदकलाई सरकारले अनिश्चितकालसम्म थुन्नसक्ने सर्वोच्चको निर्णय


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

टेक्सासको पोर्ट इसाबेल डिटेन्सन सेन्टर । फोटो: किशोर पन्थी

अमेरिकाको सर्वोच्च अदालतले मंगलबार गरेको निर्णय अनुशार अब अमेरिकी सरकारले निश्चित प्रकारका एसाइलम आवेदकलाई अनिश्चितकालसम्म हिराशतमा राख्नसक्ने भएको छ । आफ्नो देश फर्कदा यातना वा उत्पीडनको सामना गर्नुपर्ने बताउनेहरुलाई सरकारले अनिश्चितकालसम्म हिराशतमा राख्नसक्ने भएको छ ।

खासगरी यो निर्णयको प्रभाव पहिलोपटक गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्नेहरुका सन्दर्भमा नभई एकपटक गैरकानूनी रुपमा प्रवेश गरेर देशनिकाला भइसकेपछि पनि अर्को पटक प्रवेश गर्नेहरुका सन्दर्भमा लागु हुने जनाइएको छ ।

३ जना उदारवादी न्यायाधिसहरुको मतभेदका बाबजुत सर्वोच्च अदालतका ६ जना न्यायाधिस उक्त निर्णयको पक्षमा उभिएका थिए । सरकारले उनीहरुको एसाइलम दावीहरुको मूल्यांकन गरिरहँदा हिराशतमा रहेका आवेदकहरु रिहा हुने विषयमा सुनुवाईको हकदार नभएको सर्वोच्चले निर्णय गरेको छ ।

उनीहरु बण्ड सुनुवाईका लागि हकदार नभएको न्यायाधिस श्यामुअल अलिटोले निर्णयमा लेखेका छन । पहिले नै देशनिकाला भइसकेका र पुन गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्दा पक्राउ परेका तथा आफ्नो देश फर्केको खण्डमा यातना र उत्पीडनको शिकार हुने दावी गरेका व्यक्तिका मुद्दाबारे फैसला गर्दै यस्तो निर्णय गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसमध्ये एकजना व्यक्ति एल साल्भाडोरका रहेका थिए र उनले देशनिकाला हुनासाथ गिरोहको धम्कीको सामना गरेको बताएका थिए । त्यसपछि एकजना अध्यागमन अधिकारीले उक्त व्यक्तिको डर तार्किक रहेको भन्दै उनको मुद्दा मूल्यांकनका लागि आगाडि बढाउन स्वीकृत गरेका थिए । जुन अदालतमा महिनौं र बर्षौ समेत लाग्नसक्छ ।

सर्बोच्चमा पुगेको विषय यसरी आवेदकको एसाइलम मुद्दा निर्णय नभइसकेको अवधिमा आइसले आवेदकलाई अध्यागन न्यायाधिस समक्ष पेश नगरी आवेदकलाई हिराशतमा राखिरहन पाउने वा नपाउने सन्दर्भको रहेको थियो । न्यायाधिस आलिटोले सम्बन्धित प्रावधानहरुले बण्ड सुनुवाई बढी प्रेरक रहेको प्रदान नगर्ने उल्लेख गरेका छन् ।

यसअगाडि रिचमण्ड भर्जिनियाको पुनरावेदन अदालतले आप्रवासीहरुको पक्षमा निर्णय गरेको थियो । तर अर्को पुनरावेदन अदालतले सरकारको पक्ष लिएको थियो । मंगलबार सर्बोच्चले गरेको निर्णयले अब देशब्यापी रुपमा नियम लागु गरेको छ । यसको प्रभाव कस्तो हुने भन्ने सन्दर्भमा आगामी दिनको प्रतिक्षा गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com