डिभी, विद्यार्थी भिसा र परिवारमा आधारित भिसाबारे अमेरिकी दूतावास काठमाडौंका रेडिमेड जवाफ


प्रकाशित मिति : असार १५, २०७८ मंगलबार

अमेरिकी दूतावास काठमाडौंले भिसाबारेका प्रश्नहरुलाई सम्बोधन गर्न सामाजिक सञ्जालमा भिसा च्याट गरेको छ । जसमा दूतावासका कन्सुलर अधिकृतले अमेरिकी भिसाबारेका विभिन्न प्रश्नका जवाफहरु दिएका छन् । तर अधिकांश जवाफहरु रेडिमेड खालका छन् ।

भिसा च्याटमा फेसबुक प्रयोगकर्ताहरुले डाइभर्सिटी भिसा, विद्यार्थी भिसा, ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीका लागि प्रदान गरिने आप्रवासी भिसा लगायतका परिवारमा आधारित भिसाहरुकाबारेमा धेरैजसो प्रश्नहरु सोधेका छन् । तर दूतावासले दिएको जवाफमा प्रश्नकर्ताको प्रश्नको उचित सम्बोधन गरेको देखिन्न ।

ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरुलाई प्रदान गरिने एफटुए भिसाका सन्दर्भमा दूतावासका कन्सुलर अधिकृतले भनेका छन् – ‘हामी पक्कै पनि तपाईको अवस्थाप्रति सहानुभूति राख्छौं । राम्रो खबर यो छ कि हामीले विस्तारै खोल्दैछौं र आप्रवासी भिसाहरु प्रकृयामा लगिरहेका छौं । हामीलाई ब्याकलगका कारण काम गर्न केही समय लाग्नसक्छ । तर निश्चित हुनुहोस् कि हामीले प्रत्येक आवेदकलाई यथासम्भव प्रकृयामा लैजानेछौं । हामीले संचालन अवरोधहरुका कारण सिमित भिसाहरु प्रकृयामा लगिरहेका छौं ।’

त्यस्तै सिमित संख्यामा विद्यार्थी भिसा प्रकृयामा लैजान सुरु गरेको समेत कन्सुलर अधिकृतले जानकारी दिएका छन् । उनले भनेका छन् – ‘हामीले सिमित विद्यार्थी भिसा सेवा प्रदान गर्न सुरु गरेका छौं । माग अत्यन्तै धेरै रहेको छ । हामीले उपलब्ध भए अनुशार अप्वाइन्टमेन्टहरु खोलिरहेका छौं । कृपया अप्वाइन्ट तय गर्नका लागि हाम्रो अप्वाइन्ट तय गर्ने वेवसाइट हेर्दै गर्नुहोला । हामीले विद्यार्थी भिसामा शीघ्र प्रकृयाका अनुरोधहरु समायोजन गरेका छैनौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

भिसा च्याटका क्रममा कैयन प्रश्नकर्ताहरुले आफूहरुको परिवारमा आधारित एफटुए भिसा प्रकृयामा नलगिंदा लामोसमयदेखि दम्पत्तिहरु भेट्न नपाएको र परिवारसँग अलग्गिएर बस्नुपरेको गुनासो समेत गरेका छन् । उनीहरु आफुहरु यथाशीघ्र परिवारसँग भेट्न चाहेकाले परिवारमा आधारित एफटुए लगायतका भिसाहरु प्रकृयामा लैजान अनुरोध गरेका छन् ।

त्यस्तै डिभी विजेताहरुले पनि अहिलेसम्म भिसा अप्वाइन्टमेन्टहरु पाउन नसकेकोमा निराशा व्यक्त गरेका छन् । डिभी २०२१ का विजेताहरुले भिसा पाउनुपर्ने अवधि अब झण्डै ३ महिनामात्र रहेकाले उनीहरु निराश र हतास देखिएका छन् । दूतावासहरुले डाइभर्सिटी भिसालाई कम प्राथमिकतामा राखेकाले पनि उनीहरु थप चिन्तित भएका हुन् । भिसा च्याटमा उनीहरुको चिन्ता पोखिएको छ ।

डिभी विजेताको प्रश्नमा कन्सुलर अधिकृतले भनेका छन् – ‘डिभी २०२१ का लागि छनौट भएकाहरुको अन्तरवार्ता सेप्टेम्बर ३० मा सकिने आर्थिक बर्ष २०२१ भित्रमात्र हुने देखिन्छ । ती आवेदकहरु आगामी बर्षहरुमा डिभी भर्न योग्य हुने देशका नागरिक भएको खण्डमा उनीहरुले डिभी लोटरी भर्न सक्नेछन् । छनौट प्रकृया र्याण्डम हुनेछ भने विगतमा छनौट भएको आधारमा भविश्यमा डिभी भर्न कुनै असर गर्दैन ।’

त्यस्तै अर्का प्रश्नकर्ताको डिभीबारेको प्रश्नमा कन्सुलर अधिकृतले भनेका छन् – ‘हामी तपाईको अवस्थाप्रति सहानुभूति राख्छौं । अमेरिकी विदेश मन्त्रालयले कोरोना महामारी, अवरोध र ब्याकलगकका बाबजुत डिभी भिसा आवेदनहरु परिवारमा आधारित भिसाहरु लगायत भिसा प्राथमिकता अनुरुप प्रकृयामा लैजान हरसम्भव प्रयासहरु गरिरहेको छ । यद्यपी कोरोनाको महामारीका कारण आर्थिक बर्ष २०२१ का तय गरिए अनुरुपका डाइभर्सिटी भिसा जारी नहुने देखिन्छ । विश्वब्यापी अवस्थामा परिवर्तन हुँदै गर्दा विदेश मन्त्रालयले भिसा आवेदनहरु प्रभावकारीरुपमा प्रकृयामा लैजान उपायहरु खोजिरहेको छ ।’

प्रश्नकर्ताहरुले डिभी २०२० का विजेताहरुका लागि संरक्षण गरिएको भनिएका ९०९५ भिसाबारे पनि प्रश्नहरु सोधेका छन् । तर कन्सुलर अधिकृतले अन्य प्रश्नमा दिएको जवाफ जस्तै रेडिमेड जवाफ नै पोष्ट गरेका छन् ।

सम्पूर्ण भिसा च्याट हेर्नका लागि अमेरिकी दूतावास काठमार्डाैको फेसबुक पेजमा जानुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com