अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतमा अबरोधबारे युएससीआईएसलाई साढे ७ हजार सुझाव


प्रकाशित मिति : असार १०, २०७८ बिहीबार

अमेरिकी नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका सन्दर्भका अबरोधबारे अमेरिकी सरकारलाई साढे ७ हजार सुझाव प्राप्त भएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गत अप्रिल १९ मा सार्वजनिक सुझावको अपेक्षा गर्दै फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेको थियो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ग्रिनकार्ड, नागरिकता, एचवानबी भिसा, शरणार्थी, एसाइलम, परोल लगायतका सन्दर्भमा युएससीआईएसका सुविधा र सेवाबारे रहेका अवरोधहरुबारे सार्वजनिक रुपमा सुझावहरु आव्हान गरेका थिए । सर्वसाधारणबाट एकदमै धेरै सुझावहरु आएको र कमेन्ट अवधिभर ७ हजार ४ सय सुझावहरु प्राप्त भएको युएससीआईएसले जनाएको छ ।

प्राप्त कैयन कमेन्टहरु बाइडेन प्रशासन अन्तरगत युएससीआईएसले पहिले नै चालेका कदमहरुलाई अझ सुदृढ पार्न महत्वपूर्ण हुने युएससीआईएसले जनाएको छ । अनलाइन आवेदनमा पहुच बृद्धि, शुल्क पुनरावलोकन, कोरोना महामारी सम्बन्धित प्रकृयागत ढिलाई लगायतका विषयलाई सम्बोधन गर्न युएससीआईएसले कदम चालेको र कमेन्टहरु थप उपयोगी हुने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सार्वजनिक सुझावको आव्हान अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेश अन्तरगत गरिएको थियो । अमेरिकाको कानूनी अध्यागमन प्रणालीमा विश्वास पुन कायम गर्न र नयाँ अमेरिकनहरुका लागि समावेशीकरण र एकीकरण प्रयासलाई शशक्त पार्नभन्दै बाइडेनले कार्यकारी आदेश जारी गरेका थिए ।

प्राप्त सुझावहरु सकृयतापूर्वक पुनरावलोकन गर्ने युएससीआईएसले जनाएको छ । भविश्यमा हुने नीति परिवर्तन र कामकारवाही संचालनका लागि ती सुझावहरु प्रयोग गरिने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com