निश्चित कारणले अस्वीकृत कामदारभिसा एचवानबी आवेदन पुन पेश गर्न पाइने


प्रकाशित मिति : असार ९, २०७८ बुधबार

युएससीआईएसले काम सुरु गर्ने समयका आधारमा अस्वीकृत भएका कामदार भिसा आवेदन एचवानबीका आवेदनहरु पुन स्वीकार गर्ने भएको छ । काम सुरुवात गर्ने मिति अक्टोबर १, २०२० भन्दा पछाडि भएको कारण आर्थिक बर्ष २०२१ को एचवानबी आवेदन अस्वीकार भएको भएमा वा प्रशासनिक रुपमा बन्द गरिएको भएमा त्यस्ता आवेदनहरु पुन पेश गर्न सकिने भएको छ ।

यदि आवेदकको आवेदन पूर्णरुपमा प्रारम्भिक दर्ता अवधिमा पठाइएको तर काम सुरुपवात गर्ने मिति सन् २०२० को अक्टोबर १ पछि भएको आधारमा आवेदन अस्वीकृत भएको वा प्रशासनिक रुपमा बन्द भएको भएमा पहिले पठाएको पुन आवेदन पठाउन सकिने तर त्यसका लागि उपयुक्त शुल्कसहित पठाउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

त्यस्तै उपयुक्त शुल्कसहित उपयुक्त ठेगानामा पठाइएका आवेदनहरु पहिले पठाएकै मितिमा पठाइएको मानिनेछ भने त्यस्ता आवेदनहरु सन् २०२१ के अक्टोबर १ अगाडि पुन पठाउनुपर्ने जनाइएको छ । आवेदन पठाउँदा आर्थिक बर्ष २०२१ को एचवान बीको क्याप दर्ता छनौट सुचना समेत पठाउनुपर्ने । यदि तपाईले अस्वीकार भएको वा प्रशासनिक रुपमा बन्द भएको सुचना पाउनुभएको छ भने उक्त सुचना पनि पठाउनुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै आवेदन पठाउँदा चम्किलो मसिले काम सुरुवात गर्ने मिति अक्टोबर १, २०२० भन्दा पछाडि भएको कारण अस्वीकार भएको आवेदन उल्लेख गरेर पठाउन अनुरोध गरिएको छ । यसो गर्दा तत्काल आवेदन पुनरावलोकन गर्न युएससीआईएसका अधिकारीहरुलाई सहज हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com