ट्रम्प प्रशासनका बेला मुद्दा बन्द गरिएका कैयन एसाइलम आवेदकलाई अमेरिका आउन दिइने


प्रकाशित मिति : असार ९, २०७८ बुधबार

ट्रम्प प्रशासनका बेला मुद्दा बन्द गरिएका कैयन एसाइलम आवेदकलाई बाइडेन प्रशासनले अमेरिका आउन दिने भएको छ । ट्रम्प प्रशासनको बेलाको रिमेन इन मेक्सिको कार्यक्रम अन्तरगत अदालती सुनुवाईमा उपस्थीत नभएका कारण देशनिकालाको आदेश दिइएका एसाइलम आवेदकलाई अमेरिकामा आएर अमेरिकाभित्रै प्रकृया सुरु गर्न अनुमति दिइने भएको छ ।

बाइडेन प्रशासनले यो नयाँ नीतिबारे संसदलाई जानकारी दिइसकेको छ । यो श्रेणीमा पर्ने एसाइलम आवेदकहरुलाई बुधबारदेखि अमेरिका आउन अनुमति दिइने जनाइएको छ । ट्रम्पको मेक्सिको फिर्ता गर्ने नीति अनुरुप झण्डै ७० हजार गैर मेक्सिकन आप्रवासीहरुले मेक्सिकोमा प्रतिक्षा गर्नुपरेको थियो ।

बाइडेन प्रशासनले अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा कुरिरहेका ११ हजारभन्दा धेरै एसाइलम आवेदकलाई अमेरिकाभित्र आएर प्रकृया अगाडि बढाउनका लागि अनुमति दिइसकेको छ । यस दौरान अमेरिकामा परिवार रहेका र ती परिवारका सदस्यहरुलाई भेट्न आएका कैयनको पुनर्मिलन भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारकर्मीहरुले पूर्व राष्ट्रपति ट्रम्पको नीति अन्तरगत देशनिकालामा परेकाहरुका लागि प्रकृया विस्तार गर्न आग्रह गर्दै आएका थिए । उत्तरी मेक्सिकोमा रहेको अपराधको उच्च दर लगायतका कारण प्रतिक्षा गर्नसक्ने अवस्था नरहेका कारण कैयन आवेदकहरु अदालती सुनुवाईका क्रममा उपस्थीत हुन सकेका थिएनन् । कतिपय एसाइलम आवेदकहरु त अदालती सुनुवाईको मिति अगाडि नै अपहरणमा परेका थिए ।

ट्रम्पको उक्त नीति अन्तरगत झण्डै २७ हजार आप्रवासीहरुले अदालती सुनुवाईमा उपस्थीत नभएका कारण देशनिकालाको आदेश पाएका थिए । झण्डै ६ हजार ६ सय आप्रवासीको मुद्दा बन्द गरिएको थियो । बाइडेनको नीति अनुशार कति आप्रवासीहरु मुद्दा अगाडि बढाउन अमेरिका आउनेछन् भन्ने स्पष्ट छैन । कैयनले पहिले नै मेक्सिको छाडिसकेका छन् ।

अमेरिका प्रवेशका लागि योग्य भएकाहरुले राष्ट्रसंघको शरणार्थी कार्यक्रम अन्तरगत अनलाइनमा दर्ता गराएपछि अप्वाइन्टमेन्ट प्राप्त गर्नेछन् । त्यसपछि उनीहरुलाई तोकिएको पोर्ट अफ इन्ट्रीबाट अमेरिका प्रवेशको अनुमति दिइनेछ । अमेरिकाले एसाइलम खोज्नेलाई अमेरिका प्रवेश अगाडि कोरोना परीक्षण समेत गराउदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com