अमेरिकामा भ्याक्सिन नलगाएकाहरु आक्रमक र खतरनाक कोरोना भेरियन्टको जोखिममा


प्रकाशित मिति : असार ७, २०७८ सोमबार

अमेरिकामा भ्याक्सिन नलगाएकाहरु विगतको भन्दा आक्रमक र खतरनाक कोरोनाको प्रकारको जोखिममा रहेका छन् । अमेरिकामा ४५ प्रतिशतभन्दा धेरैले कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएपनि कतिपय राज्यहरुमा भ्याक्सिन लगाउने दर निकै कम रहेको छ ।

वासिंटन डिसी र १६ वटा राज्यहरुमा कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएको जनसंख्या ५० प्रतिशतभन्दा धेरै रहेको छ । तर अलाबामा, अर्कान्सास, लुजियाना, मिसिसिपी, टेनेसी, वायोमिंग लगायतका राज्यहरुमा पूर्णरुपमा भ्याक्सिन लगाउनेहरु ३५ प्रतिशतभन्दा कम रहेका छन् ।

भ्याक्सिन दर कम रहेका राज्यहरुमा संक्रमणदर उच्च रहेको छ । संक्रमण दर उच्च हुनुमा बढी संक्रामक र खतरनाक मानिएको डेल्टा भेरियन्ट रहेको छ । यो भेरियन्ट बढी संक्रामकमात्र नभई कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएकाहरुलाई बढी सिकिस्त बनाउने खालको रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैज्ञानिकहरुले अप्रिलदेखि संकलन गरिएका २० हजार कोरोना संक्रमणका मामलाहरुको बिश्लेषण गर्दा कोरोना संक्रमणदर बढ्नुमा संक्रामक डेल्टा भेरियन्टकै प्रभाव बढी देखिएको छ । त्यस्तै कममात्रामा भ्याक्सिन लगाइएका क्षेत्रमा यो भेरियन्ट उच्चदरमा बढेको पाइएको छ ।

अमेरिकामा अहिलेसम्म ३१७ मिलियन डोज भ्याक्सिन लगाइसकिएको छ । त्यस्तै झण्डै १५० मिलियन जनसंख्याले पूर्णरुपमा भ्याक्सिन प्राप्त गरिसकेको छ । १२ बर्षदेखि १८ बर्षसम्मका झण्डै ८ मिलियनले कोरानाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

कोरोनाबिरुद्धको भ्याक्सिनका दुई डोज डेल्टा भेरियन्टबिरुद्धको पनि उच्च प्रभावकारी देखिएको छ । अध्ययन अनुशार फाइजरको दुईडोज भ्याक्सिन कोरोनाको डेल्टा भेरियन्टबिरुद्ध अस्पताल भर्ना हुने अवस्था आउन नदिन ९६ प्रतिशत प्रभावकारी देखिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com