Follow @khasokhasmag

अन्तर्राष्ट्रिय उडानबाट न्युयोर्क आइसकेपछि के क्वारेन्टीन बस्नुपर्छ ?


प्रकाशित मिति : असार ६, २०७८ आईतबार

अन्तर्राष्ट्रिय उडानबाट न्युयोर्क आइसकेपछि के कस्ता स्वास्थ्य सम्बन्धि नियम पालना गर्नुपर्छ भन्ने बारेमा धेरैको जिज्ञासा रहेको छ । खासगरी नेपालबाट न्युयोर्क आउनेहरुले यस्तो जिज्ञासा राख्ने गरेका छन् । न्युयोर्क राज्यले अन्तर्राष्ट्रिय यात्रुहरुका लागि सीडीसीको निर्देशिका अनुशार स्वास्थ्य मापदण्डहरु तोकेको छ ।

सीडीसी र न्युयोर्कले सकभर पूर्णरुपमा भ्याक्सिन नलगाएसम्म अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव दिएको छ । तर गर्नैपर्ने भएमा उनीहरुले नेगेटिभ कोरोना परीक्षणको रिपोर्ट वा हालै कोरोना संक्रमण भएर निको भएको प्रमाण पेश गरेर अमेरिका आउनसक्नेछन् ।

उडानसमयभन्दा कति समय अगाडि स्वाब संकलन गरिएको रिपोर्ट पेश गर्नेभन्ने सन्दर्भ एयरलाइन्स अनुशार फरक पर्ने भएकाले कुन एयरलाइन्समा टिकट छ, उक्त एयरलाइन्ससँग जाँच गर्नुपर्छ । कतिपय एयरलाइन्सले हालै कोरोना संक्रमण भएर निको भएको प्रमाण स्वीकार नगर्नसक्छन्, त्यस्तो अवस्थामा नेगेटिभ कोरोना परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने हुनसक्छ ।

अन्तर्राष्ट्रिय उडानमार्फत न्युयोर्क आउनेहरुले न्युयोर्क राज्यको स्वास्थ्य विभागको फर्म भर्नुपर्छ । उक्त फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

अहिले अमेरिकन सीडीसीले लक्षण नभएका अन्तर्राष्ट्रिय यात्रुहरु अमेरिका आइसकेपछि क्वारेन्टीनमा बस्नु नपर्ने नियम बनाएपनि न्युयोर्क राज्यले भने केही अपवादहरु लागु गरेको छ । पूर्णरुपमा भ्याक्सिन लगाएको व्यक्ति पनि विगत तीनमहिनामा कोरोना संक्रमण भएर निको भएको व्यक्ति नभएको खण्डमा अन्तर्राष्ट्रिय उडानबाट न्युयोर्क आएको तीनदेखि ५ दिनभित्रमा कोरोना परीक्षण गराउनुपर्छ । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले संक्रमण पुष्टी नभएसम्म क्वारेन्टीनमा बस्नुपर्दैन ।

तर विगत तीनमहिनामा कोरोना संक्रमण भएर निको भएकाहरुबाहेक अन्य भ्याक्सिन नलगाएका यात्रुहरुले न्युयोर्क आइसकेपछि तीनदेखि ५ दिनभित्रका परीक्षण गराएको खण्डमा ७ दिनसम्म क्वारेन्टीन बस्नुपर्ने र परीक्षण नगराएको खण्डमा १० दिनसम्म क्वारेन्टीन बस्नुपर्ने प्रावधान रहेको छ । त्यस्तै कोरोना परीक्षणको नतिजा जे सुकै आएपनि १४ दिनसम्म सिकिस्त बिरामी हुने जोखिममा रहेका व्यक्तिको सम्पर्कमा नजान सुझाव दिइएको छ ।

विगत ३ महिनाको अवधिमा कोरोना संक्रमण भएर निको भएका व्यक्तिलाई भने न्युयोर्कमा क्वारेन्टीन बस्न र आएको तीनदेखि पाँचदिनभित्र परीक्षण गराउन आवश्यक छैन ।

न्युयोर्कबाहेक अन्य राज्यहरुमा फरक फरक नियमहरु हुनसक्ने भएकाले ती राज्यहरुको सुचना हेर्नुहोला ।

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com