भ्याक्सिन लगाउन अस्वीकार गर्ने गर्जालाई कोरोनाले फोक्सो फेर्ने अवस्था आएपछि पछुतो


प्रकाशित मिति : असार ५, २०७८ शनिबार

अमेरिकाको टेक्सास निवासी ४३ बर्षका जोस गर्जाले कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध हुँदा पनि लगाएनन् । भ्याक्सिनको सुरक्षबारे चिन्तित भएका कारण उनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन अस्वीकार गरेका थिए । तर उनी कोरोनाबाट संक्रमित भए ।

त्यसपछि उनी झण्डै ४ महिनासम्म सिकिस्त बिरामी भएर कोरोनाबिरुद्ध लड्नुपर्यो भने फोक्सोको दुबैभाग ड्यामेज भएपछि फोक्सो फेर्नुपर्ने अवस्था आयो । कोरोना संक्रमणबाट झण्डै ज्यान जाने अवस्था आएपनि मुस्किलले बाँचेका गर्जाले अहिले आफूले कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएकोमा पछुतो व्यक्त गरेका छन् ।

कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएपनि आफूलाई स्वास्थ्यका मापदण्ड अपनाएका कारण कोरोना संक्रमण हुँदैन भन्ने विश्वास गरेका उनले आफूलेमात्र भ्याक्सिन लगाएनन्, भ्याक्सिनको विरोध समेत गरे । तर उनी संक्रमण भएर ह्युस्टन मेथोडिस्ट अस्पतालमा ४ महिनासम्म संघर्ष गनुपरेको थियो ।

त्यसपछि उनले अहिले फोक्सोको दुबैभाग फेर्नुपरेको छ । मृत्यु कुरेर बसेका उनले भाग्यवश अप्रिलमा फोक्सो फेर्ने मौका पाएका छन् । त्यसपछि उनले भ्याक्सिन नलगाएकोमा पछुतो व्यक्त गर्दै भनेका छन् मैले भ्याक्सिन लगाउनुपर्ने थियो । यदि सबैकुरा पहिलेकै अवस्थामा फर्काउन मिल्ने भए मैले भ्याक्सिन लगाउने थिएँ ।

गर्जाले अरुलाई पनि भ्याक्सिन लगाउन प्रोत्साहन गरेका छन् । गर्जा उच्च रक्तचाप र मधुमेहका समेत बिरामी रहेकाले उनका लागि सुरुतिरकै चरणमा भ्याक्सिन उपलब्ध रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com