अमेरिका र क्यानडाको सिमानाका अत्यावश्यकबाहेकका यात्राका लागि जुलाई २१ सम्म बन्द


प्रकाशित मिति : असार ५, २०७८ शनिबार

अमेरिका र क्यानडाको सिमानाकाक अत्यावश्यकबाहेकका यात्राका लागि जुलाई २१ सम्म बन्द हुने भएको छ । यसअगाडि तय भएको म्याद जुन २१ म सकिने भएकाले एकमहिना थप गर्ने निर्णय भएको हो । भ्याक्सिन लगाउने कार्य तीब्र भइरहेको अवस्थामा सिमानाका खुल्ने अपेक्षा गरिएपनि अझै कम्तीमा एकमहिना थप गर्ने निर्णय भएको हो ।

शुक्रबार दुबै देशहरुबीच कम्तीमा जुलाई २१ सम्मका लागि अत्यावश्यक बाहेक अन्य यात्राका लागि सिमानाका बन्द गर्ने सहमति भएको हो । दुबै देशमा भ्याक्सिन लगाउने कार्य तीब्र बनेको अवस्थामा दुबै देशका सांसदहरु, व्यवशायीहरु, एकबर्षभन्दा लामो समयदेखि परिवारहरुले सिमानाकामा प्रतिबन्धहरु हटाउन वा खुकुलोपार्न माग गर्दै आएका छन् ।

क्यानडाका जनताको संरक्षणका लागि यो कदम चालिएको क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडोले बताएका छन् । कोरोनाबिरुद्धको भ्याक्सिनको दोश्रो डोजको थ्रेसहोल्ड पूरा गर्न बाँकी रहेको र भ्याक्सिन लगाएकाहरुबाट समेत संक्रमण फैलिनसक्ने भएकाले महामारी सम्बन्धित प्रतिबन्धहरु कायम राख्न आवश्यक परेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानडामा कम्तीमा २० प्रतिशतजनसंख्याले पूर्णरुपमा भ्याक्सिन लगाएपछि र ७५ प्रतिशतले कम्तीमा एक डोज भ्याक्सिन लगाएपछि प्रतिबन्धहरु खुकुलो पार्ने प्रधानमन्त्री टु्रडोको भनाई छ । अमेरिका र क्यानडाको स्थल सिमानाका सन् २०२० को मार्चदेखि नै अत्यावश्यक बाहेकका अन्य यात्राका लागि बन्द रहदै आएको छ ।

दुईदेशहरुले हरेक महिना एकएकमहिनाका लागि प्रतिबन्धहरु थप्दै गएका छन् । पछिल्लो प्रतिबन्ध सोमबार समाप्त हुने तय भएको थियो । क्यानडाले स्वदेश फर्कने क्यानेडियनका लागि जुलाई पहिलो साताबाट क्वारेन्टीनका प्रावधानहरु केही खुकुलो पार्ने संकेत गरेको छ ।

आगामी सातादेखि स्वदेश फर्कने क्यानेडियनहरुले आफूहरुले भ्याक्सिन लगाएको रेकर्ड सरकारी वेवसाइटमा अपडोल गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com