अब घरेलु र गिरोह हिंशाबाट पीडितहरुलाई अमेरिकामा एसाइलम सहज


प्रकाशित मिति : असार २, २०७८ बुधबार

घरेलु र गिरोह हिंशाबाट पीडितहरुलाई एसाइलममा कडाई गर्ने विगतको ट्रम्प प्रशासनको विवादास्पद नीतिलाई डिपार्टमेन्ट अफ जस्टिसले उल्टाइएको छ । अब अमेरिकामा घरेलु र गिरोह हिंशाबाट पीडितहरुले पनि विगतको तुलनामा सहजै एसाइलम पाउनसक्ने भएका छन् ।

बुधबारका केही घोषणामा एटोर्नी जनरल मेरिक गाल्र्याण्डले विगतका ट्रम्प प्रशासनका पालाका एटोर्नी जनरलहरुले ल्याएका विवादास्पद नीतिहरुलाई खारेज गरिदिएका हुन् । उनले घरेलु हिंशामा परेर आफ्नो देश छाडेर अमेरिका आएका महिला वा गिरोहको निशानामा परेका परिवारलाई एसाइल संरक्षण प्रदान गर्ने नीतिलाई ब्यूताएका छन् ।

गत फरबरीमा राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशमार्फत डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसलाई एसाइलमका योग्यताबारे नयाँ नीति बनाउन आदेश दिएका थिए । उक्त प्रकृयाकालागि महिनौं लाग्नसक्ने र विगतका ट्रम्पकालिन नीतिका कारण जोखिममा रहेकाहरु देशनिकालामा पर्ने खतरामा रहेको भन्दै अधिकारकर्मीहरुले एटोर्नी जनरलहरुलाई नीति परिवर्तनका लागि आग्रह गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एटोर्नी जनरलको आजको कदमले एसाइलम प्रकृयामा निष्पक्षता हुने अधिकारकर्मीहरुको अपेक्षा रहेको छ । लिंगको आधारमा भएका विभेद र घरेलु हिंशाका कारण आफ्नो मुलुक छाड्न बाध्य भएकाहरुको जीवन बचाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

म्याटर अफ एबी र म्याटर अफ एलएफएका सन्दर्भमा ट्रम्प प्रशासन अन्तरगतका एटोर्नी जनरलले गरेको निर्णयमा एसाइलमलाई कडा बनाइएको थियो । तर आजको निर्णय अनुशार एसाइलमका ती प्रावधानहरु ट्रम्पले कार्यभार सम्हाल्नु अगाडि अर्थात् ओबामा प्रशासनका पालामा जुन अवस्थामा थिए, त्यही अवस्थामा फर्काइएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com