अमेरिकालाई सुरक्षित यात्रा सुचीमा राख्ने युरोपियन युनियनको निर्णय


प्रकाशित मिति : असार २, २०७८ बुधबार

Hoodie with European Union Logo (EU-Hoodie) but without UK Logo because of Brexit

युरोपियन युनियनले बुधबार अमेरिकालाई सुरक्षित यात्रा सुचीमा राख्ने निर्णय गरेको छ । जसको अर्थ अब अमेरिकन नागरिकहरुलाई युरोपियन युनियनभित्रका २७ वटा देशमा विदा मनाउन जानका लागि सहज हुनेछ ।

कोरोनाको महामारीका कारण अमेरिका लगायतका देशबाट अत्यावश्यकबाहेकका यात्रुहरुलाई युरोपियन युनियनभित्रका देशहरुमा यात्रा गर्नका लागि रोक लगाइएको थियो । यसैबीच भ्याक्सिन लगाउने कार्य तीब्र बनिरहँदा ब्रसेल्समा रहेका २७ युरोपियन युनियनका राजदूतहरुले अमेरिका लगायत ८ नयाँ देश र भूभागबाट यात्राका लागि अनुमति दिन सिफारिस गरेका हुन् ।

अमेरिकासहित अन्य देश र भूभागहरुमा हरुमा अल्बानिया, नर्थ म्यासेडोनिया, सर्विया, लेवनान, ताइवान, मकाउ र हङकङ रहेका छन् । गत अप्रिलमा न्युयोर्क टाइम्ससँगको कुराकानीमा युरोपियन युनियनकी कमिशन अध्यक्षले पूर्ण रुपमा भ्याक्सिन लगाएका अमेरिकनहरुलाई आगामी समरमा युरोपको यात्रा गर्न अनुमति दिइने बताएकी थिइन् ।

तर नयाँ सिफारिसमा भने कोरोना परीक्षण नेगेटिभ देखिएका अमेरिकनहरुलाईमात्र युरोपमा यात्रा गर्न अनुमति दिइने उल्लेख छ । निर्देशिकालाई कसरी पालना गर्ने र पर्यटकहरुलाई भित्राउने सन्दर्भमा युरोपियन युनियनभित्रका देशहरुले आफ्नै नियम बनाएर समेत लागु गर्नसक्नेछन् । त्यसैले यात्रा गर्ने व्यक्तिले सम्बन्धित देशको नियम सुनिश्चित गरेरमात्र यात्रा गर्नुपर्छ ।

ग्रिस, इटली, स्पेन लगायतका मुलुकहरुले अमेरिकन यात्रुहरुका लागि पहिलेदेखि नै ढोका खोलिसकेका छन् । भ्याक्सिन लगाएको रिपोर्ट, नेगेटिभ कोरोना परीक्षणको रिपोर्ट वा दुबै रिपोर्टसहित अमेरिकनहरु यी देशहरुको यात्रा गर्न सक्छन् । यद्यपी अमेरिकाले भने युरोपियन युनियनभित्रका देशमा हालै भ्रमण गरेका अधिकांश गैर नागरिकहरुलाई अमेरिकाको भ्रमण गर्नमा रोक लगाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com