न्युयोर्कमा ७० प्रतिशतलाई भ्याक्सिन, १३ ल्याण्डमार्ग निलो र सुनौला, १० स्थानमा आतसवाजी


प्रकाशित मिति : असार २, २०७८ बुधबार

न्युयोर्क राज्यमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेहरु ७० प्रतिशत पुगेका छन् । योसँगै न्युयोर्कमा लगाइएका कोरोना सम्बन्धि प्रतिबन्धहरु हटाइएका छन् भने न्युयोर्क पनि नयाँ अध्यायमा प्रवेश गरेको छ ।

न्युयोर्कमा मंगलबार १३ वटा ल्याण्डमार्कहरु प्रकाशमार्फत निला र सुनौला रंगका बनाइएको थियो । बेलुका ९ बजेर १५ मिनेट जाँदा एम्पायर स्टेट भवनदेखि वल्र्ड ट्रेड सेन्टरसम्म निला र सुनौला रंगका देखिएका थिए ।

त्यस्तै १० स्थानमा फायरवर्कस् उत्सवहरु गरिएको छ । न्युयोर्कसिटीको न्युयोर्क हार्बरदेखि अल्बानी, जोन्स बीच, नायग्रा फल्स, रोचेस्टर, सिराकस, युटिका लगायतका स्थानमा फायरवर्कस् उत्सवहरु गरिएको छ ।

कोरोनाबिरुद्धको लडाईमा माइलस्टोन कायम गरेको अवशरमा यो उत्सव मनाइएको हो । झण्डै १५ महिनालामो कोरोनाबिरुद्धको लडाईमा गतबर्ष न्युयोर्क कोरोनाको इपीसेन्टर बनेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com