अध्यागमन आवेदन पठाउने युएससीआईएसको भर्मोन्ट सर्भिस सेन्टरको ठेगाना परिवर्तन


प्रकाशित मिति : असार १, २०७८ मंगलबार

शीघ्र प्रकृयाका लागि अनुरोध, कामदार भिसा लगायतका अध्यागमन आवेदन पठाउने भर्मोन्ट सर्भिस सेन्टरको ठेगाना परिवर्तन गरिएको छ । भर्मोन्ट सर्भिस सेन्टरमा शीघ्र प्रकृयाका लागि र कामदार भिसा एचवान बी क्यापका लागि आवेदन पठाउने फरक फरक ठेगानाहरु रहेका छन् भने अन्य आवेदनहरु पठाउने ठेगाना फरक रहेको छ ।

युएससीआईएसले जुन १४ देखि लागु हुनेगरी तीनवटै ठेगाना परिवर्तन गरेको छ । भर्मोन्ट सर्भिस सेन्टरको सेन्टर अल्बान्समा रहेको केन्द्र खारेज गरिएकाले त्यहाँ अबदेखि कुनै पत्र वा आवेदनहरु प्राप्त नहुने जनाइएको छ ।

यद्यपी एकबर्षसम्म पूरानै ठेगानामा प्राप्त हुने आवेदनहरु नयाँ ठेगानामा फरवार्ड गरिने युएससीआईएसको भनाई रहेको छ । जुन २०२२ पछि भने पूरानो ठेगानामा प्राप्त हुने आवेदनहरु प्रेषकलाई नै फिर्ता पठाइने युएससीआईएसले स्पष्ट पारेको छ । भर्मोन्ट सर्भिस सेन्टरको ठेगाना ३० रिभर रोड र ३८ रिभर रोड इसेक्स जंक्सनमा सरेको छ ।

परिवर्तित नयाँ र पूरानो ठेगानाबारे थप जान्न यहाँ क्लीक गर्नुहोला ।

युएससीआईएसले कैयन आवेदनहरु अनलाइनमार्फत फाइल गर्न सकिने व्यवस्था रहेको छ । तर केही आवेदनहरु भने हुलाकमार्फत पठाउनुपर्छ । अनलाइनमार्फत पठाइएका आवेदनहरु छरितो हुने र हराउने सम्भावना नहुने भएतापनि हुलाकमार्फत पठाउने आवेदनहरु केही ढिला हुने र हराउने समेत सम्भावना रहन्छ ।

युएससीआईएसमा कुनै आवेदन पठाउँदा उचित तरिकाले फर्महरु भरेर उचित ठेगानामा पठाउनुपर्छ । फरक फरक आवेदनहरु पठाउने ठेगाना फरक फरक हुनसक्छन् । त्यसैले कुन ठेगानामा आवेदन पठाउने राम्रोसँग चेक गरेरमात्र पठाउनुपर्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com