अमेरिकामा अपराधको शिकार भएकाहरुलाई विगतको भन्दा शीघ्र ४ बर्षको वर्क परमिट दिइने


प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार

अमेरिकामा अपराधको शिकार भएकाहरुलाई युएससीआईएसबाट थप संरक्षण प्रदान गर्ने व्यवस्थासहित आज नीति निर्देशिकामा अपडेट गरिएको छ । युएससीआईएसले यु गैरआप्रवासी स्टाटसका लागि अपराधको शिकार भएका प्राथमिक आवेदन र आवेदन पेन्डिङ उनीहरुका योग्य परिवारका सदस्यहरुका लागि वर्क परमिट र देशनिकाला हुनबाट संरक्षण प्रदान गर्ने नीतिमा अपडेट गरेको हो ।

अमेरिकामा घरेलु हिंशा, यौन आक्रमण लगायतका निश्चित प्रकारका अपराधको शिकार भएका तथा अपराधबारे अनुसन्धान र अपराधीमाथि कारवाहीका लागि कानून कार्यान्वयन निकायलाई सहयोगी हुने गैर नागरिक आप्रवासीहरुका लागि यु भिसा उपलब्ध हुँदै आएको छ । यु वान भिसा स्वीकृत भएका आवेदकहरुलाई अमेरिकामा काम गर्नका लागि अनुमति प्रदान गरिन्छ भने यु स्टाटस स्वीकृत हुने बित्तिकै आवेदकलाई स्वत वर्क परमिट जारी गरिन्छ ।

यदि स्वीकृत हुन लायक आवेदनको संख्या बार्षिक कोटाभन्दा धेरै भएमा त्यस्ता आवेदनहरु युएससीआईएसले प्रतिक्षा सुचीमा राख्दै आएको छ । त्यस्तो प्रतिक्षा सुचीमा रहेका आवेदक र उनीहरुका परिवारका योग्य सदस्यहरुलाई युएससीआईएसले देशनिकालाबाट संरक्षण, परोल लगायतका सुविधाहरु प्रदान गर्दै आएको छ । उनीहरुलाई युएससीआईएसले तजविज अधिकारका आधारमा वर्क परमिट समेत प्रदान गर्दै आएको छ ।

अपडेट गरिएको नीतिको बारेमा विस्तारमा यहाँ पढ्नुहोला ।

त्यस्ता आवेदकलाई अध्यागमन तथा राष्ट्रियता ऐन २१४ पी ६ अनुशार वर्क परमिट प्रदान गर्नसकिने भएतापनि त्यस्ता आवेदकहरुलाई फरक नियम अनुशार वर्क परमिट प्रदान गरिदै आएको थियो । अध्यागमन तथा राष्ट्रियता ऐन २१४ पी ६ अनुशार वर्क परमिट प्रदान गरिएको खासै इतिहास छैन । तर अब युएससीआईएसले निश्चित मापदण्ड पूरा गरेका प्रतिक्षा सुचीमा रहेका आवेदकलाई तजविज अधिकारका आधारमा अध्यागमन तथा राष्ट्रियता ऐन २१४ पी ६ अनुशार देशनिकालाबाट संरक्षण र वर्क परमिट प्रदान गर्ने आज जारी नीति निर्देशिकामा जनाइएको छ ।

नयाँ नियम तत्कालै लागु हुने र यु भिसाका आवेदन आई ९१८ पेन्डिङ अवस्थामा रहेकाहरुका सन्दर्भमा पनि नयाँ नियम लागु हुने जनाइएको छ । त्यस्तै २०२१ को जुन १४ पछि फाइल गरिएका आवेदनको सन्दर्भमा पनि नयाँ नियम लागु हुनेछ । अब युएससीआईएले आवेदनको प्रारम्भिक रिभ्युपछि यु भिसा आवेदक र उनीहरुका परिवारका योग्य सदस्यहरुका लागि ४ बर्षको वर्क परमिट र देशनिकालाबाटद संरक्षण जारी गर्नेछ ।

विगतमा प्रतिक्षा सुचीमा पुगेपछिमात्र वर्क परमिट पाउने प्रावधान रहेपनि अब आवेदन उचित प्रकारको रहेको ठहर भएको खण्डमा नै वर्क परमिट प्राप्त हुनेछ । आवेदन उचित प्रकारको रहेको ठहरपछि युएससीआईएसले आवेदक राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षामा खतरा भए नभएको निर्धारण गरेरमात्र वर्क परमिट जारी गर्नेछ ।

प्रारम्भिक चरणमा नै वर्क परमिटका लागि योग्य नभएकाहरुले प्रतिक्षा सुचीमा पुगेपछि भने वर्क परमिट र देशनिकालाबाट संरक्षण प्राप्त गर्नसक्नेछन् । उनीहरुले उचित तरिकाले वर्क परमिटका लागि आवेदन दिएको खण्डमा ४ बर्षकै लागि वर्क परमिट प्राप्त गर्नेछन् । प्रारम्भिक चरणमा नै वर्क परमिट र देशनिकालाबाट संरक्षण प्रदान गरिएकाहरुको आवेदन भने प्रतिक्षा सुचीमा नराखेर कोटा उपलब्ध हुनासाथ अन्तिम निर्णय नै गरिने जनाइएको छ ।

आवेदनमा असाध्यै बृद्धि र चर्को ब्याकलगका कारण यु भिसा आवेदकहरु मारमा परिरहेको बेलामा युएससीआईएसले ल्याएको नयाँ नीतिले राहत पुग्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com