अमेरिकामा जुनको दोश्रोसाता रेजिडेन्सीका आउने तय ९६ नेपाली चिकित्सक भिसा नपाउँदा अन्यौलमा


प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार

This was captured well waiting for the doctor who was busy at the time

अमेरिकामा जुनको दोश्रोसाता रेजिडेन्सीका आउने तय भएका ९६ नेपाली चिकित्सकहरु भिसा नपाउँदा अन्यौलमा परेका छन् । उनीहरु जुनको ८ देखि १५ सम्म अमेरिकाका विभिन्न अस्पतालहरुमा रेजिडेन्सीका लागि आउन स्वीकार भएपनि अमेरिकी दूतावास काठमाडौंमा भिसा सेवा बन्द हुँदा भिसा पाउन नसकेका हुन् ।

नेपालमा कोरोनाको महामारी बढ्दै गएपछि नेपाल सरकारले लागु गरेको निषेधाज्ञा र लकडाउनसँगै अमेरिकी दूतावास काठमाडौंले अप्रिल २९ देखि नै नियमित भिसा सेवा बन्द गरेको थियो । जसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा पढ्न आउन तय भएका विद्यार्थीहरु र डिभी लोटरी विजेताहरु भएका छन् भने रेजिडेन्सीका आउने तय भएका नेपाली चिकित्सकहरुपनि मारमा परेका छन् ।

अमेरिकी दूतावास काठमाडौं

मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने नेपाली मूलका राज्यसांसद ह्यारी भण्डारीले अमेरिकामा रेजिडेन्सीका लागि आउन छनौट भएका तर महामारीका कारण भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउन नसकेका ९६ जना डाक्टरको भिसा सम्बन्धमा अमेरिकी दूतावास काठमाडौंमा सम्पर्क गरेर ध्यानाकर्षण गराएका छन् । दूतावासले लकडाउन अन्त्य हुनासाथ अवस्थाको मूल्यांकन गरेर रेजिडेन्सीका लागि जाने तय भएका चिकित्सकहरुलाई थप सुचनासहित सम्पर्क गर्न आश्वासन दिएको भण्डारीले जानकारी दिएका छन् ।

अहिले भिसा सेवा कहिलेदेखि सुचारु हुने भन्नेबारे कुनै भविश्यवाणी गर्न नसकिने र रेजिडेन्सी सुरु हुने तय भएको मिति अगाडि नै ती चिकित्सकहरुको भिसा अन्तरवार्ता तय गर्न दूतावास सक्षम नहुने सम्भावना रहेको अमेरिकी दूतावास काठमाडौंको कन्सुलर सेक्सनले जनाएको छ । जे वान र एचवान बी भिसामा अमेरिका आउन चाहने विभिन्न अस्पतालहरुमा म्याच चिकित्सिकहरुलाई पनि दूतावासले लकडाउन खुल्नासाथ अवस्थाको मूल्यांकन गरेर थप जानकारी उपलब्ध गराउने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतबर्षपनि कोरोनाको महामारीका कारण १३५ जना नेपाली डाक्टरहरु रेजिडेन्सीका लागि एचवानबी र जेवान भिसा प्राप्त गर्नमा ढिलाई भएको थियो । विभिन्न क्षेत्रबाट भएको अनुरोधपछि उनीहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेपछि उनीहरु अमेरिका आउन पाएका थिए । उनीहरुको भिसाका सन्दर्भमा समेत डेलिगेट ह्यारी भण्डारीले अमेरिकी दूतावास काठमाडौैंको ध्यानाकर्षण गराएका थिए ।

अमेरिकामा हरेक बर्ष अन्तर्राष्ट्रिय मेडिकल ग्रयाचुएटहरु रेजिडेन्सीका लागि आउने गर्छन् । आवेदकहरुले नेशनल रेजिडेन्ट म्याचिङ प्रोग्राम अन्तरगत दर्ता गराउनुपर्छ, जसले व्यक्तिगत छनौटका आधारमा अस्पतालका रेजिडेन्सी कार्यक्रम र आवेदकहरुलाई म्याच गराउँछ । केही रेजिडेन्सी कार्यक्रमका लागि आवेदकले इलेक्ट्रोनिक रेजिडेन्सी एप्लीकेशन सर्भिसमा समेत दर्ता गराउनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com