कस्ता कागजपत्रविहिनलाई पक्राउ गर्ने र कस्तालाई नगर्ने भन्नेबारे नयाँ नियम जारी गर्दै अमेरिका


प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले कस्ता कागजपत्रविहिनलाई पक्राउ गर्ने र कस्तालाई नगर्ने भन्नेबारे नयाँ नियम जारी गर्ने भएका छन् । सरकारले यसबारे सोमबार संघीय न्यायाधिसलाई जानकारी दिएको हो ।

गत फरबरीमा जारी देशनिकालाको प्राथमिकताबारेको नीतिको स्थानमा नयाँ नियम जारी गर्न लागिएको हो । मेयरकासले फरबरी १८ को ९० दिनभित्र नयाँ नियम जारी गरिसक्ने उल्लेख गरिएपनि नयाँ नियम जारी गर्नका लागि ढिलो भएको छ ।

सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी अलेहान्द्रो मेयरकास

एरिजोनाको संघीय अदालतमा रहेको फाइलिङमा जस्टिस डिपार्टमेन्टले मेयरकासको नयाँ नियम जारी हुने लक्ष्य आगामी महिना रहेको उल्लेख छ । तर जस्टिस डिपार्टमेन्टका वकिलले यो मिति अझ पछाडि सर्नसक्ने चेतावनी दिएका छन् । अहिले नयाँ नियम जारी गर्नका लागि जुलाईको सुरुवातको लक्ष्य रहेको र तर जुलाईको सुरुमा जारी हुने वा अन्त्यमा भन्नेकुरा एजेन्सीको आवश्यकता लगायतमा भर पर्ने वकिलहरुको भनाई छ ।

गत फरबरीको नियम देशनिकालाको नयाँ प्राथमिकताको नियम अनुशार कसरी काम भइरहेको छ भन्ने सन्दर्भमा आफूले आफ्ना एजेन्टहरुबाट सुन्न चाहेको मेयरकासले बताएका छन् । तर उनले अमेरिकामा रहेका अधिकांश कागजपत्रिविहिनहरु देशनिकालामा पर्न नहुने विश्वास गर्ने स्पष्ट पारेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com