एसाइलम खोज्नेको स्क्रीनिङका लागि ६ गैर नाफामुलक संस्थासँग बाइडेन प्रशासनको सहकार्य


प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार

सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेहरुको स्क्रीनिङका लागि बाइडेन प्रशासनले गैर नाफामुलक संस्थासँग सहकार्य गरेको छ । हरेक दिन दक्षिणी सिमाक्षेत्रबाट अमेरिका आउने २५० जना कुन कुन व्यक्ति छनौट गर्ने भन्ने सन्दर्भमा बाइडेन प्रशासनले गैर नाफामुलक संस्थासँग सहकार्य गरिरहेको छ ।

सम्भावित एसाइलम आवेदकको स्क्रीनिङका लागि ६ वटा संस्थासँग सहकार्य भइरहेको छ । अमेरिकामा एसाइलमको प्रतिक्षामा बसिरहेका दक्षिणी सिमाक्षेत्रका आप्रवासीहरुलाई कसकसलाई अमेरिका प्रवेश गर्न दिने भन्ने प्रारम्भिक छनौट गैर नाफामुलक संस्थाहरुले गरेपछि उनीहरुलाई अमेरिकन अध्यागमन अधिकारीहरुले प्रकृयामा लैजाने गरेका छन् ।

इन्टरनेशनल रेस्क्यु कमिटी, सेभ द चिल्ड्रेन, एचआईएएस, किड्स इन निड अफ डिफेन्स, एसाइलम एक्सेस र इन्स्टीच्युट फर वुमन इन माइग्रेशनसँग बाइडेन प्रशासनले सहकार्य गरिरहेको छ । उनीहरुले आगामी जुलाई ३१ सम्म सम्भावित एसाइलम आवेदकबारे पुनरावलोकन गर्नेछन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी यस्तो सहमति भएको स्वीकार गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनले मंगलबार औपचारिक रुपमा सिमाक्षेत्रमा एसाइलम खोज्नेलाई अदालती प्रकृयासम्म मेक्सिकोमा प्रतिक्षा गर्न पठाउने ट्रम्प प्रशासनको कार्यक्रमलाई खारेज गरिदिएको छ । यो कार्यक्रम अन्तरगत ट्रम्प प्रशासनको पालामा झण्डै २५ हजारलाई मेक्सिको पठाइएको थियो ।

बाइडेन प्रशासनले गत फरबरीमा तीनवटा पोर्ट अफ इन्ट्रीबाट हरेक दिन बढीमा ३ सय जनासम्मलाई प्रकृयामा लैजानका लागि छुट्टै कार्यक्रम घोषणा गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com